कञ्चनपुर : कञ्चनपुरको पश्चिम नाका गड्डाचौकीमा घटस्थापनादेखि छठसम्म संचालन भएको एक निजी अस्पतालको हेल्थडेस्कमा हजारौँ नागरिकले सेवा लिएका छन । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले पश्चिम सीमा नाका गड्डाचौकीमा संचालन गरेको हेल्थडेस्कमा एक हजार ६सय ४७ जना नागरिकले सेवा लिएका छन । १७ असोज घटस्थापनादेखि २२ कार्तिक छठसम्मै संचालन भएको हेल्थडेस्कमा भारतबाट नेपाल फर्किने नेपाली नागरिकले सेवा लिएका हुन । मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले बडादशैँ, शुभदिपावली एव छठको अवसरमा निःशुल्क हेल्थडेस्क संचालन गरिएको बताए ।

भारतबाट फर्किने नेपाली नागरिकको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क हेल्थडेस्क राखिएको बताए । डा. रोकायाले दशैँ, तिहार एव छठको अवसर पारेर गड्डाचौकी नाकाबाट स्वदेश भित्रिने नेपाली नागरिकको स्वास्थ्य उपचारका लागि हेल्थडेस्क स्थापना गरिएको बताए । उनका अनुसार कामका लागि भारतका विभिन्न स्थानमा गएर स्वदेश फर्किने नेपाली दाजुभाईको स्वास्थ जिवन सुरक्षितका लागि हेल्थडेस्क राखिएको बताए । हेल्थडेस्क मार्फत स्वास्थ्य चेकजाँच, प्राथमिक उपचारका साथै परामर्स गरिएको थियो । ‘भारतबाट मातृभूमि फर्किने कुनै पनि नेपाली नागरिकमा समान्य एव जटिल रोग देखिए हेल्थडेस्क मार्फत उपलब्ध हुने सेवा प्रदान गरेका थियौँ, उनले भने, ‘त्यहाँ सम्भव नभए अस्पतालमा पनि उपचार गरेर घर पठाएका थियौँ ।’ गत विगतका बर्षपनि अस्पतालले मन्त्र अस्पतालले गड्डाचौकीमा हेल्थडेस्क राखेर उपचार गरेको थियो ।

यसका साथै मन्त्र अस्पतालले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ । निःशुल्क उपचार स्वास्थ्य सेवा पाएपछि स्वदेश फर्किने नेपाली हर्षित भएका छन । उद्घाटनकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले चार्डवाडका लागि स्वदेश फर्किने कुनैपनि नेपाली नागरिकमा समस्या देखिए सीमा क्षेत्रमै पहिचान गरेर उपचार गर्नका लागि मन्त्र अस्पतालको काम सरानिय काम गरेको बताएका थिए । मातृभूमि फर्किदा घरपुग्दासम्म कुनैपनि नेपाली नागरिक रोग बोकेर फर्किनुपर्ने बाध्यता हटाउनका लागि हेल्थडेस्कको भूमिका हुने प्रजिअ सापकोटाको भनाई थियो । मन्त्र अस्पतालले दशै, तिहार, छठका बेला यसरी नेपाली नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरेको पहलको नागरिकदेखि सरकारी स्तरबाट प्रसंसा गरिएको छ ।







