कञ्चनपुर : कञ्चनपुरका युवा पत्रकार धनसिह धामीलाई सम्मान गरिएको छ । कञ्चनपुर पोष्ट दैनिकका समाचार प्रमुख धामीलाई सम्मान गरिएको हो ।

११ कार्तिकदेखि महेन्द्रनगर खुला मञ्चमा रोयल गोर्खाज स्पोट्स सर्कलको आयोजना गरेको खुला वडा फुटबल प्रतियोगितामा संचार क्षेत्रबाट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

पत्रकार धामीलाई प्रमाण पत्र दिएर सम्मान गरिएको छ । लामो समयदेखि पत्रकार धामी समसामयिक विषयमा कलम चलाउँदै आएका छन ।







