पंतञ्जली योग समिति कञ्चनपुरको सतसंग एवं जिल्ला अधिवेशन सम्पन्न

अध्यक्षमा पुनः दयाकृष्ण जोशी सर्व सम्मत चयन


कञ्चनपुर : योग र आर्युवेदका माध्यम बाट हरेक व्यक्तिको शारीरिक मानसिक एवं आध्यात्मीक विकास गरि परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने एकल उद्देश्य बोकेको पंतञ्जली योग समिति कञ्चनपुरको बार्षिक सतसंग तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पंतञ्जली कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीको सभापतित्व तथा भीमदत्तनगरका नगर प्रमुख पदम बोकटीको प्रमुख आतिथ्यता एवं उप प्रमुख निलम लेखक जोशी, पंतञ्जली नेपालका मुख्य केन्द्रिय प्रभारी लबदेव मिश्राको विशिष्ट आतिथ्यता रहेको थियो ।

यसै गरि पंतञ्जली नेपालका केन्द्रिय सदस्य लबराज भट्ट, वडा नं. ४ का अध्यक्ष शुशिल भट्ट बागमति प्रदेश महामन्त्री सुधा कलौनी , पतंञ्जली महिला अध्यक्ष कमला पाण्डेय लगायत कञ्चनपुर पंतञ्जलीमा आवद्ध प्रशिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । समुदघाटन सत्रमा महामन्त्री हरि रावलले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शमसेर चन्दले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने, अतिथि, विशिष्ट अतिथि, तथा प्रमुख अतिथिले कञ्चनपुर जिल्ला योगमय भईरहेकोले आगामी दिनमा जिल्लाका हरेक स्थानिय तह र तिनका वडाहरुमा योग प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरी हजारौ हजार आम जनतामा योग र आर्युवेदनको चेतना अभिवृद्धि गर्ने लक्ष्य सतसंग तथा जिल्ला अभिवेशनले लिएको छ ।

अधिवेशनमा बिशष्टि अतिथि तथा पंतञ्जली नेपालका मुख्य केन्द्रिय प्रभारी लबदेव मिश्रले कञ्चनपुर जिल्ला पछिल्ला दिनहरु योगमा सक्रिय रहेको र कञ्चनपुर जिल्लालाई योगको नमुना जिल्ला बनाउन सबै योगमा अवद्ध योगीहरुको अहम भुमिका रहनु पर्नेमा जोड दिनु भएको थियो । आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि नगर प्रमुख पदम बोकटीले नगरपालिकाले हरेक शुक्रवार विद्यालयमा अतिरिक्त क्रियाकलापमा योग समावेश गरिएको र छिट्टै योग हल निर्माणका लागि नगरपालिका गृहकार्य गरिहेको कुरा बताउनु भयो । पंतञ्जली समिति कञ्चनपुरको अघिवेशनको बन्त्र सत्रले दयाकृष्ण जोशीलाई पुनः छटौ पटक सर्व सम्मतिले अध्यक्ष पदमा चयन गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img