दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले बाबाथान बजार व्यवस्थापन समितिलाई फोहर राख्ने भाडा हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार बाबाथान बजार व्यवस्थापन समितिलाई १२ थान फोहर राख्ने भाडा प्रदान गरेको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिनुभएको छ् ।

बजार क्षेत्रलाई सफा सुग्घर राख्न बाबाथान बजार व्यवस्थापन समितिलाई उक्त सामग्री प्रदान गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रकै सबै भन्दा पुरानो बजार भनिएको बाबाथान बजार क्षेत्रको बिकासको लागी आगामी दिनहरुमा वडा कार्यालयले योजना बनाएको बताईएको छ् ।







