महेन्द्रनगर: कञ्चनपुर जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन भएको प्रथम वडा कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलका खेल सम्पन्न भएका छन्।

सनिवार बिहान भएको पहिलो सेमिफाइनल खेल बेलडाँडी गाउँपालिका वडा नम्बर ४ र बेतकोट नगरपालिका वडा नं. ९ बिच प्रतिस्पर्धात्मक खेल भएको थियो। उक्त खेलमा बेदकोट नगरपालिका वडा नं. ९ लाई बेलडाँडी गाउँपालिका वडा नं.-४ ले ३-१ गोलको अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ।

दिउँसो भएको सेमिफाइनलको दोस्रो खेल बेलडाँडी गाउँपालिका वडा नं.१ र भीमदत्त नगरपालिका वडा नं.४ बिच भएको थियो। उक्त खेलमा भीमदत्त नगरपालिका वडा नं. १४ लाई बेलडाँडी गाउँपालिका वडा नं.१ ले ८-० गोलको अन्तरले हराउदै फाइनल पुगेको हो। उक्त खेलमा दिनेश उपाध्यायले ५ , लालु सुनारले २ र गणेश कार्कीले १ गोल गरेका थियो।

रोयल गोर्खाज सर्कल स्पोर्ट्सको आयोजनामा कार्तिक ११ गतेदेखि सञ्चालन भएको वडाकप फुटबल प्रतियोगिता २०८१ को समापन कार्तिक २१ गते हुने आयोजकले जनाएको छ।
पहिलो सेमफाइनलको खेल सम्पन्न भएको छ। पहिलो सेमफाइनलको खेलमा बेलडाँडी गाउँपालिका वडा नम्बर ४ र बेतकोट नगरपालिका वडा नम्बर ९ बीच भएको पहिलो खेलमा पहिलो खेलमा वडा नम्बर ४ ले एकाविरुद्ध तीन गोलले जित हासिल गरेको छ।
रोयल गोर्खाज स्पोर्ट सर्कलले आयोजना गरेको प्रथम वडा कप फुटबल प्रतियोगिता २०८१ कार्तिक ११ गते देखि सञ्चालन भएको प्रतियोगिताको फाइनल कार्तिक २१ गते दिउँसो १ बजे महेन्द्रनगर स्थित खुलामञ्चमा हुने प्रतियोगिता संयोजक मान बहादुर चन्दले बताएको छ। उनका अनुसार , उक्त प्रतियोगितामा कञ्चनपुर जिल्लाका चार पालिका बेलडाँडी गाउँपाली, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका १९ टिमको सहभागीता रहेको थियो।
प्रतियोगिताको विजेता टिमले १ लाख ११,११ रुपैयाँ ट्रफी ,प्रमाणपत्र मेडल हात पार्ने छन। भने उपविजेता टिमले हासिल ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेडलमा चित्त बुझाउने छ। प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूले समेत पुरस्कार पाउनेछन्।
