महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डानी गाउँपालिकामा आयोजना भएको बेलडाँडी क्रिकेट मेला २०८१ भब्यताका साथ सम्पन्न भएको छ।
अलस्टार युवा क्लबको खेलमैदान बेलडाँडी युवा समाजले आयोजना गरेको बेलडाँडी क्रीकेट मेला २०८१ को उपाधी जय दुर्गे युवा क्लबले जितेको हो। दोस्रो संस्करणको टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा जय दुर्गे युवा क्लब र अमृत डिजे टेन्ट हाउस बीच भएको फाइनल खेलमा अमृत डिजे टेन्ट हाउसलाई हराउँदै जय दुर्गे युवा क्लबले उपाधि रक्षा गरेको हो।
जय दुर्गे युवा क्लबले पहिलो ब्याटिङ गर्दै ७ विकेट गुमाएर १ सय ५७ रनको लक्ष्य दिएको थियो । जसमा जय दुर्गे क्लबको तर्फबाट ब्याटिङ गर्दै प्रवेश सुनारले ५७ रन र रोशन रावलले ३२ रन बनाएका थिए। त्यस्तै बलिङमा अमृत डिजे एण्ड टेन्ट हाउसको तर्फबाट बसन्त हमालले दुई विकेट र निशान्त खानियाले एक विकेट लिएका थिए।
त्यस्तै उक्त लक्ष्य पछ्याउने क्रममा अमृत डीजे एण्ड टेन्थ हाउस १ सय १३ रनमै अल आउट हुन पुगेको थियो। अमृत डिजे एण्ड टेन्ट हाउसको लागि विशाल बोहराले २० रन र निशान्त कानियाले ३५ रन बनाएका थिए। बलिङ तर्फ जय दुर्गेकको लागि रोशन रावलले ३ विकेट र प्रवेश सुनारले दुई विकेट लिएका थिए ।
त्यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिज दीपक चन्द रहेका थिए थिए बने बेस्ट ब्याट्सम्यान सन्दीप कुँवर बेस्ट बोलर दिपेश राना क्षेत्री र प्रतियोगिताको उदयमान खेलाडी प्रवेश सुनार भएका थिए।
अल अस्टार युवा क्लबको खेलमैदानमा भएको समापन कार्यक्रमका सभापति बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्ट, प्रमुख अतिथि बेलडानी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना रहनुभएको थियो ।