दोधारा चाँदनीमा नगर स्तरिय अन्तर वडा पुरुष भलिवल रनिङ कप प्रतियोगिता सुरु


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर स्तरिय अन्तर वडा पुरुष भलिवल रनिङ कप प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगर खेलकुद बिकास समितिको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा नगर स्तरिय अन्तर वडा पुरुष भलिवल रनिङ कप प्रतियोगिता सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता तथा दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । समउद्धधाटन सत्रमा मन्तब्य ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले नगर खेलकुद बिकास समितिलाई बिभिन्न समयमा छलफल संगै खेलाडी उत्पादनमा सल्लाह र सहयोग गर्दै आएको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा हुदै आएको भलिवल, फुटवल, क्रिकेट लगाएत खेल प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई आगामी दिनहरुमा नगरपालिका कार्यालयबाट सम्मान तथा पुरुस्कारको व्यवस्था गरिने बताउनुभएको छ् । दोधारा चाँदनीमा संचालन भएको नगर स्तरिय अन्तर वडा पुरुष भलिवल रनिङ कप प्रतियोगितामा १० टिम सहभागी रहेको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. २५ हजार नगद र द्धितिय हुने टिमलाई रु. १५ हजार नगद र ट्रफी र प्रमाण पत्र प्रदान गरिने वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । खेलाडीहरु देशको गहना भएको र देशको नाउ उच्च राख्न खेल र खेलाडीको ठुलो योगदान रहेको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले खेलाडी उत्पादन गर्नको लागी थप बजेट बिनियोजन गर्ने योजना रहेको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो ।

नगर स्तरिय खेलकुद बिकास समितिका अध्यक्ष दिवान चन्दको सभापतित्वमा संचालन भएको नगर स्तरिय अन्तर वडा पुरुष भलिवल रनिङ कप प्रतियोगिता उद्धघाटन सत्रमा शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना लगाएत जनप्रतिनिधी, सरोकारवाला तथा खेलाडीको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतियोगिता आउदो १६ गते सम्म चल्ने आयोजक संस्था नगर स्तरिय खेलकुद बिकास समितिले जनाएको छ् ।

 


ताजा समाचार

spot_img