कञ्चनपुर प्रहरीको जुवाडेमाथि डण्डा : २४ घण्टामै चार जुवाखालबाट ३५ जुवाडे प्रहरीको फन्दामा


कञ्चनपुर: कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा भईरहेका जुवाखाल माथि एक्सन गरेको छ । २४ घण्टाको अवधिमा कञ्चनपुर प्रहरीले चार जुवाखालमा एक्सन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले एक दिनको अवधिमा दोधाराचाँदनी, भीमदत्त र बेदकोट नगरका चार स्थानबाट जुवाडे पक्राउ गरिएको छ । बाँझोघर, जंगलको झाँडी, होटल र घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवाडेहरु पक्राउ गरेको छ । चार जुवा खालबाट ६लाख, ७ हजार ८४५ नगद रुपैया सहित ३५ जुवाडे पक्राउ गरेको छ । प्रवक्ता जोशीले दोधाराचाँदनी नगरपालिका १ भूमिराज टोल सुरेश गिरीको बाँझो घरमा खेलिरहेका ६ जुवाडे सहित २५ हजार १७५रुपैया बरामद गरेको छ । गिरीको बाँझो घरबाट गोपाल सुनार, नौले चतारो, प्रकास गिरी, हरिस गिरी, धिरेन्द्र रोकाया, दिनेश गिरी रहेका छन ।

प्रवक्ता जोशीले भीमदत्त नगरपालिका १ रौटेला जंगली झाडीमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरिएको बताए । उनीहरुको साथबाट ४ लाख, ७४ हजार, ९८ नगद रुपैया १४ गड्डी तास बरामद गरेको बताए । उनका अनुसार पक्राउ पर्नेमा कैलालीका मुकेश बहादुर नेपाली, राम बहादुर नेपाली, कञ्चनपुरका राजेन्द्र बहादुर शाह, तर्कराज भट्ट, धर्म राज भट्ट, दिनेश कुँवर, शिवा बस्नेत, सञ्जु रानामगर, बिरेन्द्र बहादुर सिह, धिरेन्द्र चन्द, चेत बहादुर शाही, डम्बर कुँवर, चेत बहादुर शाह रहेका छन । बेदकोट नगरपालिका ६ सुडाबाट अमर धामी, गजेन्द्र राना, देवराज पाठक, मदन धामीको साथबाट तीन गड्डी तास सहित नगद २६ हजार, २५०रुपैया बरामद गरिएको छ । भीमदत्त नगरपालिका ५ बनगाँउका भीम घटालको घरमा जुवा खेलिरहेका १२ जना सहित उनीहरुको साथबाट ८२ हजार, ३२२रुपैया, ६ ग्डडी तास बरामद गरिएको प्रहरीले जनाएको छ । प्रवक्ता जोशीका अनुसार घटालको घरबाट पक्राउ परेका छन । कञ्चनपुर प्रहरीले उनीहरु छुटिसकेकाले नाम सार्वजनिक गरेको छैन । दशैँ, तिहारका बेला हुने जुवामाथि कञ्चनपुर प्रहरी कमाण्डर एसपी चक्रराज जोशीले जिल्ला, ईप्रका, वडा, चौकी सहितमा मातहतका कार्यालयलाई निर्मम रुपमा कार्बाही गर्न निर्देशन दिएका थिए ।

०२० सालमा बनेको जुवा नियन्त्रण ऐन ०६६ मा संशोधन गरेर जुवा खेल्न र लेखाउन प्रतिबन्ध गरिएको र सोही अनुरुप जुवाखालमा भेटिएका रकम नियन्त्रणदेखि सजायको व्यवस्था गरिएको छ । जुवा खेलेमा पहिलो पटकलाई २ सय रुपैयासम्म जरिबाना, दोस्रो पटकलाई एक महिना देखि तीन महिनासम्म कैद र तेस्रो पटक देखिकोलाई १ वर्ष कैद, तर पहिलोपटक भएको जरिबानाको सजाय तिर्न नसकी सो बापत ऐन बमोजिम कैद म्याद ठेक्दा दुई महिना भन्दा बढी कैददेखि जुवा खेलाउने साहूको थैली भूस गराई सो दिएको थैलीको डेढी बढाई जरिबाना, (घ) अनुरुप काम गरे गराएमा ५० रुपैया सम्म जरिबानाको व्यवस्था गरिएको छ । जुवा खेल्न उपयोग गरिएका सबै सामान जबफ गर्ने, समान रकम बमोजिम सजाय हुने कसूर गर्ने उपयोग गरिएको वा उपयोग गर्ने मनसायले लगिएका वा राखिएका सबै नगदी जिन्सी समान जफत गरेर कार्बाहीको व्यवस्था गरिएको छ । जुवाले एकातिर धन अर्कातिर समाजिक समस्या निम्तिने भएकाले गैर कानुनी जुवा खेल्न खेलाउन नहुने र भारतबाटै तास नियन्त्रणमा नागरिक समाजको जोडछ ।


Loading Viewer...

ताजा समाचार

spot_img