सरकार र जनता ठग्ने कैलाली, कञ्चनपुरका तीन ठेकेदार कम्पनी कालोसूचीमा


कञ्चनपुर : सुदूरपश्चिम प्रदेश तराईका जिल्ला(कैलाली,कञ्चनपुर)का तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन । कञ्चनपुरका दुई र कैलालीका एक निर्माण कम्पनी कालोसूचीमा परेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले कञ्चनपुर, कैलालीका तीन सहित देशभरका १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले गत १५ असोज ०८१ गोरखापत्र राष्ट्रिय दैनिकका सुचना प्रकासित गरेर देशभरीका १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

सार्वजनिक खरिद ऐन ०६३को दफा ६३को उपदफा(१) बमोजिम उनीहरुलाई सार्वजनिक निकायमा कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने गरेको जनाएको छ । गणपति निर्माण सेवा धनगढी १ कैलाली, श्री रक्षा कन्स्क्ट्रक्सन बेलडाँडी १ कञ्चनपुर र श्री विजन कन्स्ट्रक्सन प्रालि भीमदत्त नगरपालिका १८ कञ्चनपुरलाई कालोसुचिमा राखेको हो । विजन कन्स्ट्रक्सन प्रालिलाई पुर्नवास नगरपालिका, रक्षा कन्स्क्ट्रक्सनलाई पूर्वाधार विकास कार्यालय र गणपति निर्माण सेवालाई धनगढी नगरपालिकाले कालोसुचिमा राख्न सिफारिस गरेको थियो । सम्झौता अनुरुप काम नगरेपछि उक्त कम्पनीलाई सम्बन्धीत सरकारी कार्यालयले कार्बाहीका लागि सिफारिस गरेको आधारमा १/१बर्षका लागि कार्बाही गरेको हो ।

यस्तै एमएस,एसटीके ग्लोबल, एफजेडसी, स्काई बाईबा एण्ड लामा/ मा जानकी जेभी, मर्चवार कन्स्ट्रकन प्रालि, भुसाल/बस्नेत जेभी, सेक्टर कन्सलटेन्सी एण्ड डेभलपर्स, यूआईजी केशव जेभी, सत्येश्वर कस्ट्रक्सन, ज्योती निर्माण सेवा, रेश्मा डिप बोरिङ्ग ट्युबबेल उद्योग, पाथिभरा ड्रिलिङ्ग उद्योग, यूभी ईन्जिनियरिङ्ग कन्सलटेन्सी, नेपाल बिल्डर्स र अमन कन्स्ट्रक्सन प्रालिलाई १ देखि ३ बर्षका लागि कार्बाही गरेको जनाएको छ । उक्त निर्माण कम्पनीका व्यवसायीहरुले आफुमाथि अन्याय गरेको जनाएका छन । भने, सरकारले ठेकेदार कम्पनीहरुले सम्झौता गरेपनि ठगेको दावि गरेका छन । तर ठेकेदार कम्पनीले सरकारले अन्याय गरेको गुनासो पोखिरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img