कञ्चनपुर: आगामी १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवारको टुङगो लगाएको छ । सत्ताधारी काँग्रेसले वडाध्यक्षका लागि काँग्रेस कञ्चनपुरका युवा नेता प्रकास बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र ३ का सभापति केशब बहादुर चन्दले वडासभापति समेत रहेका प्रकास बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए ।

‘वडाबाट सिफारिस भई आएका उम्मेदवार मध्ये अहिले प्रकास बहादुर चन्दलाई पाटीले उम्मेदवार बनाउने निर्णय गरेको छ, ‘उनले भने, ‘अब उम्मेदवार टुङगोसंगै जनतामाँझ जान्छौँ ।’ काँग्रेस निकट नेवि संघ कञ्चनपुरका नेता समेत रहेका प्रकास चन्द युवा प्रभावशाली विवादरहित स्वच्छ छविवाला नेताकै रुपमा परिचित रहेका छन । ०७९मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा काँग्रेसबाटै निर्वाचित वडाध्यक्ष महेन्द्र खडकाको गत बर्ष निधन भएसंगै निर्वाचन आयोगले भीनपा ६रिक्त स्थानमा उप निर्वाचन गर्न लागेको छ । काँग्रेसले यस अघिकै बिरासत जोगाउने प्रण गरेको छ ।

यसैविच भीमदत्त नगरपालिका ६ वडाध्यक्षका लागि हुने उप निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्दलाई उम्मेदबार बनाउने भएको छ । भीमदत्त नगरपालिका ६ को वडाध्यक्षका लागि आगामी १६ कार्तिकमा हुने उप निर्वाचनमा समाजवादीले चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मंगलबार नेकपा एकीकृत समाजवादी भीनपा ६ वडा कमिटिको बैठकले चन्दलाई सिफारिस गरेको जनाएको छ । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता रमेश पन्तले वडा पाटी कमिटिले सर्वसम्मत गरेर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

यस अघि पनि ३० बैशाख ०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा चन्द वडाध्यक्षकै उम्मेदवार थिए । अहिले पनि चन्दलाई नै पाटीले उम्मेदवार बनाएको पन्तले बताए । उतिबेला समाजवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार चन्दलाई नेकपा माओवादी केन्द्रले समेत सर्मथन गरेका थिए । उप निर्वाचनमा पनि चन्दलाई समाजवादीले अघि सारेको हो । समाजवादी कञ्चनपुरका युवा नेता समेत रहेका चन्दलाई समाजवादीले उम्मेदवार अघि सारेसंगै चुनावमा होमिने जनाएको छ । अहिलेसम्म काँग्रेस, एमाले र समाजवादीले उम्मेदबार टुङगो लगाएको छ । काँग्रेसबाट प्रकास चन्द, एमालेबाट बहादुर चन्द र समाजवादीबाट जितेन्द्र चन्दको उम्मेदवारी टुङगो लागेको छ । अन्य राजनीतिक दलले समेत उम्मेदवार बनाउने तयारी अघि बढाएको छ ।
