खडक बहादुर कोली/ कञ्चनपुर : कञ्चन को–अपरेटिभ सर्भिसको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विष्णु सिंह बिष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशी रहेका थिए भने विशिष्ट अतिथिमा भिनपा ४ नम्बर वडाका वडा अध्यक्ष सुशील कुमार भट्ट र भवानी चन्द रहेका थिए ।

अध्यक्ष बिष्टले सेयर सदस्य, शेयर धनी, बचतकर्ता र कर्मचारीहरूलाई विषम परिस्थितिका बावजुद पनि पाइला पाइलामा अगाडि बढ्नुपर्ने बताए । यस संस्थाको २०८०/०८१ म कुल बचत ८ करोड, ५१ लाख,६४ हजार, ८ सय ७ रुपैया र चुक्ता पूजी (शेयर) ५ करोड, ९५ लाख ६७ हजार रहेको छ भने जम्मा बचत र पूजी १४ करोड, ४७ लाख, ३१ हजार ८ सय ७ रुपैया रहेको छ । यस संस्थाले ११ करोड ७१ लाख ४० हजार १ सय ५९ रुपैया कुल कर्जा प्रवाह गरेको जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ४० लाख ६५ हजार, ९ सय १८ रुपैया ९ पैसा कुल खुद मुनाफा गरेको कञ्चन को–अपरेटिभ संस्थाले २००/०८१ मा ५० लाख, २२ हजार, ५ सय, २७ रुपैया खुद मुनाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष २०८०/०८१ मा २४ प्रतिशतले मुनाफा बृद्धि भएको र सदस्य संख्या २०७९÷०८० मा ३ हजार ४ सय ८ सदस्य संख्या बढाएर २००/०८१ मा (३ हजार ८ सय ४२ सदस्यता संख्या रहेका) १० प्रतिशतले बृद्धि भएको कोषाध्यक्ष विजया लक्ष्मी देवी अवस्थीले बताएकी छन ।

आर्थिक वर्ष २०८०/ २०८१ मा २४% मुनाफा रहेको कञ्चन को– ओपरेटिभको सदस्य संख्या १०% ले बढेको संस्थाका शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले बताएका छन । केन्द्रीय कार्यालय महेन्द्रनगरमा रहेको छ भने ओपरेटिभको अन्य शाखा कार्यालय दैजी र झलारीमा पनि रहेका छन् । सहकारी संस्थाहरूप्रति बढ्दो अविश्वासको वातावरण, सेवा केन्द्रहरू विस्तार गर्नु जोखिम पूर्ण देखिए पनि यसका बावजुद पनि आर्थिक वर्ष २०८०/२०८१ को तुलनामा आर्थिक वर्ष २०८१ /२०८२ मा संस्थालाई विद्यमान सम्पूर्ण सेवा केन्द्रहरूलाई मुनाफामा ल्याउने र स्वीकृत कार्य क्षेत्रहरूमा सम्भाव्यता जोखिम अध्ययन गरी थप सेवा केन्द्रहरू स्थापना गर्ने कञ्चन को –अपरेटिभ सर्भिस लिमिटेडको उद्देश्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष विजया लक्ष्मी देवी अवस्थीले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले गरेका थिए ।







