भीनपा ६ वडाध्यक्षका लागि हुने उप निर्वाचन ०८१ : एमालेबाट पुर्व शिक्षक बहादुर चन्दको उम्मेबारी घोषणा

कञ्चनपुर: भीमदत्त नगरपालिका ६को वडाध्यक्षका लागि आगामी १६ मंसिर ०८१मा हुने उप निर्वाचनका लागि एमालेले उम्मेदबार टुङगो लगाएको छ । एमाले वडा, पालिकाबाट वडाध्यक्षका लागि सिफारिस भएका चन्दलाई जिल्ला कमिटीले टुङगो लगाएर घोषणा गरेको हो । उप निर्वाचनका लागि यस अघि एमाले वडाध्यक्ष बहादुर चन्द र राजेन्द्र आग्री दुई जनाको नाम सिफरिस भएको थियो । एमाले भीमदत्त नगरका अध्यक्ष हिमाल चन्दले वडाबाटै आएको आँकाक्षीका आधारमा बहादुर चन्दलाई पाटीले उम्मेदवार टुङगो लगाएको बताए ।

झण्डै साढे चार दशक शिक्षण पेशामा रहेका शान्ति निकेतन माविको प्रअबाट सेवा निव्रृत भएका शिक्षकलाई एमालेले उम्मेदवार बनाएको हो । शनिबार एमाले जिल्ला पाटी कार्यालयमा कञ्चनपुर इन्चार्ज निरुदेवी पाल, अध्यक्ष लक्ष्मी बुढा सहितका नेता कार्यकर्ताहरुले निर्वाचनमा खटिनेदेखि उम्मेदवारलाई बधाई ज्ञापन गरेका छन । एमालेभित्र पुर्व शिक्षकलाई उम्मेदवार बनाएको विषयमा पक्ष विपक्षमा तर्क धारणा अभिव्यक्त गरिरहेका छन । एकाथरीले एमाले जस्तो ठुलो पाटीमा शिक्षक बाहेक अन्य नेता कार्यकर्ता छैनन त ? अर्काथरीले एमालेले लामो समय देश, समाजका लागि सेवा गरेका शिक्षक बुद्धिजिवीवर्ग छनौट गरेको भन्दै टिकाटिप्पणी भईरहेको छ ।

वडाध्यक्षको टिकट पाएका एमाले उम्मेदवार बहादुर चन्दले अब जनताको घरमा होमिने बताए । एमालेसंगै काँग्रेस, माओवादी, समाजवादी, राप्रपा, रास्वपा सहितका दलहरुले समेत उम्मेदवार टुङगो लगाउने काम जारी रहेको जनाएका छन । गत बर्ष काँग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खडकाको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन आयोगले उप निर्वाचन गर्न लागेको छ ।

ताजा समाचार