दोधारा चाँदनीमा बाढीबाट प्रभावित घर परिवारलाई एनएनएसडब्लुएको सहयोग


पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद रकम सहयोग गरिएको छ् । गत असार २२ देखि २४ गते र भदौ २७ र २८ गते परेको अविरल वर्षा संगै आएको बाढीबाट प्रभावित भएका दोधारा चाँदनी नगरपालिकाका ५ सय ५७ घरपरिवारलाई प्रति घरपरिवार रु. ४ हजार ५ सय रकम नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजना अन्तर्गत सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा गत असार २२ देखि २४ गते र त्यसपछि परेको अविरल वर्षा संगै आएको बाढीले स्थानियबासीको अन्नपात तथा पशुचौपाया गरेको क्षतीको अवस्थामा पुनरलाभको लागी सहयोग गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले आर्थिकपार्जनको लागी बिगित देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको उहाँले बताउनुभएको छ् । गत असार २२ देखि २४ गते र भदौ २७ र २८ गते परेको अविरल वर्षा संगै आएको बाढीले नगरपालिका क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुको लाखौंको अन्नपात, चौपायामा क्षती बनाएको हो । बाढीपिडितहरुको दैनिकी संचालनको लागी समस्या नपरोस भन्ने उद्धेश्यले दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न गैरसरकारी संस्थाहरु संग समन्वय गरि पिडितहरुलाई सहयोग गर्दै आएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाले समन्वय र सहकार्य गरि नेपाल राष्ट्रिय समाज कल्याण संघको सहयोगमा आईएमई मार्फत ५ सय ५७ जना बाढीपिडितहरुलाई प्रति परिवार रु. ४ हजार ५ सयको दरले नगद रकम उपलब्ध गराउने कार्य भईरहेको बताउनुभएको छ् । असार महिना र त्यसपछि आएको बाढीबाट राहत पाउन छुटेका ५ सय ५७ जना बाढीपडितहरुलाई आईएमई मार्फत सहयोग रकम उपलब्ध गराउन थालिएको उहाँले बताउनुभएको छ् ।

नगर प्रमुख लिम्बुले विपद्को बेला सहयोग गर्ने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल लगाएत संस्थाहरुलाई बिशेष धन्यबाद दिनुभएको छ् । बाढीले अन्नपात, पशुचौपायामा क्षती बनाएको अवस्थामा गरिएको नगद सहयोगले निकै प्रभावकारी रहेको बाढीपिडितहरु बताउछन् ।


ताजा समाचार

spot_img