नेपाल शिक्षक संघ बेलडाँडी गाउँपालिकाद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


कञ्चनपुर– नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ बेलडाँडी गाउँपालिकाद्वारा नजिकै आउदै गरेकाे वडा दशमी तथा  शुभ दिपावलीकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । साेमबार नेपाल शिक्षक संघ बेलडाँडीका सभापति दिल बहादुर सिंहकाे सभापतित्व र गाउँपालिका उपाध्यक्ष शान्ति नाथकाे प्रमुख आतिथ्यतामा बेलडाँडी गाउँपालिका वडा नम्बर-२ मा रहेकाे त्रिशुली आधारभुत विद्यालयमा एक विशेष कार्यक्रमका माझ दशै तथा तिहारकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा अतिथिका रूपमा नेपाल शिक्षक संघ जिल्ला सदस्य देवी शाह लगायत शिक्षक संघसंग आवद्व शिक्षकहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरीएकाे नेपाल शिक्षक संघ बेलडाँडी गाउँ सभापति सिंहले जानकारी दिनु भयाे ।कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष नाथले शिक्षकहरूकाे पेसागत लगायत अन्य शैक्षिक समस्या बारे सदैब आवाज उठाउने र निजिस्रोत शिक्षकको समस्या बारे समाधानका लागि लाग्ने बताउनु भयाे ।

शिक्षक संघका बेलडाँडी सभापति सिंहले शिक्षकहरूका समस्याका बारेमा राज्यले उपेक्षा गरेकाे बताउदै शिक्षकहरूले एक भएर आफ्नाे अधिकारका पक्षमा लाग्नु पर्ने धारणा व्यक्त गर्नु भयाे ।उनले भने “निजिस्राेत, करार र अन्य शिक्षककाे सेवा सुविधामा सरकारले अन्य कर्मचारी सरह राज्यले समान दृष्टिकाे व्यवहार गरेर पेशागत समानता कायम गर्नु पर्ने बताए ।” कार्यक्रममा अपसमा वडा दशमी तथा शुभ दिपावलीकाे शुभकामना आदान प्रदान गरिएकाे थियाे । शिक्षक संघले यस्ता विभिन्न कार्यक्रमहरू विगत देखिनै गर्दै आएकाे छ । साे कार्यक्रमकाे सञ्चालन भने शिक्षक दिपक भट्टले गर्नु भएकाे थियाे ।


Loading Viewer...

ताजा समाचार

spot_img