‘सेफहाउस’ मा सुत्केरी भएका कुतियाकवरका एक महिलालाई सहयोग


पप्पु गुरुङ्ग, दोधारा । सेफ हाउसमा सुत्केरी भएका एक महिलालाई सहयोग गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० निवासी गिता सुनारको घर बाढीले पुर्णरुपमा क्षती बनाएपछि बेघर भएर बस्ती नजिक रहेको सेफ हाउसमा उहाँको जहान परिवार बस्दै आएका हुन् । बेघर भएर सेफ हाउसमा बस्दै आएका गिता सुत्केरी भएपछि कुतियाकवर विपद् व्यवस्थापन समितिले सुत्केरी गिता सनारलाई पोषण खानेकुरा खरिदको लागी रु. ४ हजार रकम सहयोग गरेको कुतियाकवर विपद् ब्यवस्थापन समिति दोधारा चाँदनीका सचिव बसन्ती सुनारले बताउनुभएको छ् ।

बाढीले घर पुर्णरुपमा क्षती बनाएको अवस्थामा गिता सुनारको परिवार सेफ हाउसमा बस्दै आएका सचिव बसन्ती सुनारले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरलाई सेफ हाउसमा बस्दै आएका सुत्केरी महिला गिता सुनारको घर निमार्ण र सुत्केरी अवस्थामा सहयोग गर्न माँग गरिएको कुतियाकवर विपद् ब्यवस्थापन समिति दोधारा चाँदनीका सचिव बसन्ती सुनारले बताउनुभएको छ् ।

सेफ हाउसमा खानेपानी र शौचालयको ठुलो समस्या रहेको गिता सुनारले बताउनुभएको छ् । वर्षेनी महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले धनजनको ठुलो क्षती बनाउदै आएका कुतियावकरबासी यस पटकको रेकर्ड ब्रेक गर्ने गरि आएको वर्षा संग ठुलो बाढीले थलिएका छन् ।


ताजा समाचार

spot_img