कञ्चनपुर जिल्ला क्रीकेट संघको ७ औं वार्षिक साधारणसभा सम्पन्न


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा कञ्चनपुर जिल्ला क्रीकेट संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कञ्चनपुर उद्योग वाणिज्य संघको सभा हलमा कञ्चनपुर जिल्ला क्रीकेट संघले ७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो।

कञ्चनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा र भीमदत्त नगरपालिका उपमेयर निलम लेखक जोशि को प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द , कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह लगायत खेलाडी ,प्रशिक्षक लगायत खेलप्रेमिको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कञ्चनपुर जिल्ला क्रीकेट संघका सचिव विशाल सोनारले गर्नु भएको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img