शुक्लाफाँटा नगरपालिकाको समग्र विकासको अबस्था शिर्षकमा वक्तृत्वकला प्रतियोगीता

झलारी : संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा शुक्लाफाँटा नगरपालिका १० झलारीमा शुक्रवार वक्तृत्वकला प्रतियोगीता आयोजना गरियो । नेपाल विद्यार्थी संघ शुक्लाफाँटा नगर कार्यसमितिले प्रतियोगीताको आयोजना गरेको हो ।
शुक्लाफाँटा नगरपालिकाको समग्र विकासको अबस्था शिर्षकमा प्रतियोगीतामा सहभागी विद्यार्थीहरुले आ आफनो वक्तृत्वकला प्रदर्शन गरेका थिए ।

प्रतियोगीतामा प्रथम बैजनाथ माध्यमिक विद्यालय कसरौलका छात्रा मेनुका जोशी, द्धितीय कृष्ण मावि झलारीका छात्रा धारणा जोशी, तृतिय अनिरुद्ध माविका छात्र भुपेश भट्ट रहनु भएको थियो । चतुर्थ(सान्वना) अनिरुद्धकै छात्रा आरुषि धामी रहनु भएको थियो । प्रतियोगीताका प्रथम, द्धितिय, तृतिय र चतुर्थ आउने छात्र छात्रालाई कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख कल्पना पन्त, श्रीकृष्ण बैजनाथ बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्ट लगायतले प्रमाण पत्र सहित नगद पुरुस्कार प्रदान गर्नु भएको थियो । नेपाल विद्यार्थी संघ शुक्लाफाँटा नगर कार्यसमितिका अध्यक्ष रमेश बहादुर रावलको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो ।

ताजा समाचार