धनसिह धामी, /कञ्चनपुर : संविधान दिवसको पुर्व सन्ध्यामा कञ्चनपुरमा सरसफाई गरिएको छ । १०औँ संविधान दिवसको अवसरमा भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारमा सरसफाई गरिएको हो ।
संविधान दिवस मुल समारोहका संयोजक एव जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले समावेसी संविधान दिवसको अवसरमा संविधान चोकदेखि महेन्द्रनगर बजारमा सरसफाई गरिएको बताए । सरसफाई कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीदेखि स्थानीयको सहभागिता रहेको थियो ।
३ असोज ०७२ सालमा संघीय लोकतान्त्रिक नेपालको संविधान निर्माण भएको थियो । संविधान घोषणाकै दिन पनि कञ्चनपुरमा विवित कार्यक्रम गरेर दिवस मनाईदैछ ।