मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेश समितिको भेला सम्पन्न, अध्यक्षमा राजुराम

कञ्चनपुर : मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेश समितिको शनिबार बिहान भर्चुअल माध्यमबाट भएको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले राजुराम सार्कीको अध्यक्षतामा १० सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश राज गिरी, सचिव कमला ज्ञवाली, सहसचिव हरिप्रसाद जोशी र कोषाध्यक्षमा सरस्वती रावल रहनुभएको छ।
यसैगरी सदस्यहरुमा आशा भण्डारी, बलराम चौधरी, होम साउँद, सुरेन्द्र देवकर र बसन्त वागचन रहनुभएको छ। भूगोलको आधारमा पछि केही सदस्य थप्न सक्ने अधिकार पनि भेलाले कार्यसमितिलाई दिएको छ ।

उद्घाटन र बन्द सत्र गरी दुई चरणमा भएको उक्त भेलामा बन्द सत्र मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय सल्लाहकार निमानन्द रिजालको अध्यक्षतामा र सञ्चालन दुर्गाप्रसाद भण्डारीले गर्नु भएको थियो भने भने नवनिर्वाचित अध्यक्ष राजुराम सार्की भूलले नेतृत्वसहित कार्यसमितिको तर्फबाट प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । यसैगरी उद्घाटन सत्रमा मार्क्सवादी ज्ञान केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता र सञ्चालन सचिव कमला ज्ञवालीले गर्नुभएको थियो । सहभागी सबैलाई मार्क्सवादी ज्ञान केन्द्रका सुदूरपश्चिम उपाध्यक्ष अर्जुन रावलले बधाई तथा धन्यवाद दिनुभएको थियो ।

भेलामा कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, विशिष्ट अतिथिहरु मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सिना, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ुरणबीरु, नेपाल कम्यूनिष्ट पार्टी ९एकीकृत समाजवादी० का पोलिटब्युरो सदस्य क। हर्कबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, राष्ट्रिय जनमोर्चा नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले मार्क्सवादी चिन्तन यसको यथार्थता र आजको आवश्यकताका बिषयमा आफ्नो धारणा राख्नुभएको थियो । यस्तै अतिथिहरु मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय सल्लाहकारद्वय डा। निमानन्द रिजाल, मणिरत्न श्रेष्ठ, केन्द्रीय उपमहासचिव दुष्यन्त भट्टराई लगायतले शुभकामना सहित आफ्नो धारणा राख्नुभएको थियो । भेलामा सुदूरपश्चिम प्रदेशमा रहेका आजीवन सदस्य, एशोसिएट सदस्यका साथै आमन्त्रित अतिथिहरुको सहभागिता रहेको थियो।

ताजा समाचार