एनआरएनए साउदी अरब केन्द्रिय सदस्य पदम महत द्वारा फुटबल प्रतियोगिताका लागि आर्थिक सहयोग

कञ्चनपुर : शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला नकाउट फुटबल प्रतियोगिता २०८१ लाई सफल पार्नका लागि बेलडाँडी निवासी गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब केन्द्रीय सदस्य पदम बहादुर महतले साउदी अरब बाट आर्थिक सहयोगमा गर्नु भएको छ।

सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्न गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब केन्द्रीय सदस्य पदम बहादुर महतले आर्थिक सहयोग गरेको हो।

अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका स्वर्गीय: लाल बहादुर महतको स्मृतिमा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद , साउदी अरब को केन्द्रिय सदस्य एवम् सुदूरपश्चिमेलि नेपाली समाज साउदी अरबको वरिष्ठ उपाध्यक्ष बेलडाँडी वडा न.१ निवासी समाजसेवी, बुद्धिजीवी पदम बहादुर महतले अल स्टार युवा क्लबले भाद्र ०७ गते देखि आयोजना भएको सातौं संस्करण बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगिता -२०८१ लाई सभ्य,भब्य र सफलताको शुभकामना ब्यक्त गर्दै आफू विदेशी भुमीमा भएपनि स्वदेशको माया सदभावले ७ हजार ७ सय ७७ रुपैया आर्थिक सहयोग गरेको बताए ।

क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासी लगायत नेपाली दाजुभाइ तथा संघसंस्था लाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ।

ताजा समाचार