सहारा नेपालद्वारा वृक्षा रोपण सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन


कञ्चनपुर : दिन प्रतिदिन वातावरण प्रदुषण बढ्दै गई रहेको अवस्था र वातावरणमा देखिएको परिवर्तन जसले वातावरणमा प्रदुषण बढेर स्वच्छ श्वास फेर्न पनि गाह्रो हुन थालेको सन्दर्भमा सहारा नेपालले वृक्षारोपण परियोजना सञ्चालन गरेको छ । हरियालीको सिर्जना गरेर वातावरणलाई स्वच्छ पारी मानव स्वास्थ्यलाई प्रतिकूल असरबाट जोगाउने उद्देश्यसहित फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउन वृक्षा रोपण समबन्धी प्रशिक्षण दिन लागिएको हो ।

वृक्षारोपण गर्दा ६५ प्रतिशतभन्दा धेरै आँपका,३५ प्रतिशत हाराहारी विरुवाहरु कटहर, लिची र टिकका लगाइनेछ ।
परियोजनाका प्राविधिक डा. कमलेश्वर भाटका अनुसार सहारा नेपाल साकोसकोले सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा विस्तार गर्न लागिएको छ । जस अन्र्तगत हाललाई कञ्चनपुरको बेतकोट, भीमदत्त नगरपालिका र दोधारा चाँदनी गरी तिन पालिकालाई समिटने योजना छ । ‘परियोजना क्षेत्रमा न्यूनतम ५ कठ्ठा जग्गामा वृक्षारोपण गर्न चाहने किसानहरुको चयन गरेर सहारा नेपालले उनीहरुलाई निःशुल्क विरुवा उपलब्ध गराउने छ । यस्तो जमिन इच्छुक किसानको निजी हुनुपर्नेछ वा ऐलानी भए हकभोगको सरकारी निस्सा हुनुपर्नेछ । उक्त जमिनमा सहारा नेपालले उपलब्ध गराउने बोट बिरुवा रोप्नुपर्नेछ, स्याहार सम्भार गर्नुपर्नेछ, फलेपछि निजले इच्छाअनुसार उपभोग वा बिक्री वितरण गर्न पाउनेछ तर उक्त बोट कम्तीमा १० वर्षसम्म काट्न मास्न नपाइने परियोजनाको शर्त छ।

‘कैलाली र कञ्चनपुरमा छानिएका किसानहरुलाई साउन २४ गतेदेखि २९ गतेसम्म परियोजना र वृक्षारोपणसँग सम्बन्धित प्राविधिक तालिम दिइन लागेको हो । वृक्षारोपण गरिने जमिन रहेको पालिकासँग समेत समन्वय गरी भविष्यमा वृहत लक्ष्य राखेर सुरु गरिएको परियोजनाबाट जग्गा उपलब्ध गराउने किसान प्रतक्ष्य लाभान्वित हुनेछन् । सहारा नेपालले निःशुल्करुपमा बिरुवासहित प्राविधिक ज्ञान प्रदान गर्ने भएकाले जमिन बाँझो राखेर बसेका कतिपय किसानलाई पनि यसबाट प्रतक्ष्य लाभ पुग्ने बताइन्छ ।


Loading Viewer...

ताजा समाचार

spot_img