शिक्षक सहकारीद्वारा पोषाक बितरण


महेन्द्रनगर : शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औ स्थापना दिवस भब्यताका साथ सम्पन्न भयेको छ । महाकाली शारदापीठ भम्केनीधाम गुरूकुलका विद्यार्थीहरूलाई पोषाक तथा मिष्ठान्न फलफूल वितरण कार्यक्रम संस्थाका अध्यक्ष बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भयेको छ।

कार्यक्रममा भम्केनी धाम बिकास समितिका, अध्यक्ष, मूर्ती निर्माण अध्यक्ष जनकराज जोशी, गुरूकुलका अध्यक्ष मोहनचन्द्र जोशीको उपस्थिति तथा नेराशिसंगठनका केन्द्रिय सदस्य भवानी चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष पुष्पराज ओझा, जगदीश प्रसाद जोशी, ध्रुवराज पण्डित समेत संस्थाका पदाधिकारीहरु तथा सेयर सदस्यहरूको सहभागिता रहेको थियो।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत भम्केनी धाम गुरूकुलका १५ जना विद्यार्थीहरूलाई पोसाक बितरण गरिएको थियो। कार्यक्रममा भम्केनी धाम तथा गुरूकुलका पदाधिकारी हरूले यस धामको बिकासमा शिक्षकहरूको महत्वपूर्ण सहयोग तथा समर्थन रहँदै आएकोमा आगामी दिनहरूमा समेत धाम तथा गुरूकुल विद्यालय विकासमा सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए। कार्यक्रम प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्द, अमर शहीद आ वि का प्र अ हरिश प्र जोशी तथा संस्थाका अध्यक्ष बहादुर चन्दले सहकारीका तर्फबाट तथा शिक्षक बर्गबाट सुदूरपश्चिम कै पहिचान बोकेको भम्केनी धाम बिकासमा सहयोग रहने विचार राखेका थिए। कार्यक्रममा प्रलेस राष्ट्रिय परिषद सदस्य जगदीश ओझा, सिद्धनाथ मा वि जिमुवाका प्र अ कृष्ण बोहरा, सरस्वती निकेतनका प्र अ पदमा ओझा, साहित्यकार नारायण गिरी, लगायत ब्यक्तिहरूलाई भम्केनी धामका पदाधिकारीहरूले सम्मान सहित स्वागत गरेका थिए।

कार्यक्रममा संस्थाका सचिव हर्क बहादुर चन्दले सहभागीहरूको स्वागत गर्दै संस्थाबारे जानकारी प्रस्तुत गरेका थिए। उनका अनुसार संस्थाले १२वर्षको उपलब्धिका रूपमा संस्थाका झण्डै ६ सय शिक्षक कर्मचारी सदस्य रहेका, ६करोडको हाराहारीमा संस्थाका सदस्यहरूको सेयर तथा बचत पुँजी रहेको तथा महेन्द्रनगरमा सहकारीको आफ्नै जमिनमा भवन निर्माण गरि कार्यालय सञ्चालनमा रहेको छ। विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको हकहित एवम् आर्थिकस्तर उकास्ने उद्देश्यले स्थापना भयेको संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बृद्धाश्रम, अनाथालय तथा विद्यार्थीहरूलाई सहयोग प्रदान गर्दै आएको छ।


ताजा समाचार

spot_img