दोधारा चाँदनीका बाढी पिडित घरपरिवारहरुलाई ईन्फिनिटी लघुबित्तियले दियो खाद्यान्न सहयोग

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई राहत बितरण गरिएको छ् । गएको २४ र २५ गते आएको ऐतिहासिक अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले क्षती दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ठुलो धनमालको क्षती बनाएको हो । बाढीले स्थानियहरुको अन्नपात, लुगा कपडा तथा घर भत्काईदिएपछि बाढी पिडितहरुमा समस्यामा रहदै आएका छन् । बाढीले आफ्ना सदस्यहरुको अन्नपात, लुगा कपडा तथा घर भत्काईदिएपछि ईन्फिनिटी लघुबित्तिय संस्था लि. दोधारा चाँदनी शाखाले उनिहरुलाई बाढी खाद्यान्न बितरण गरेको छ् । ईन्फिनिटी लघुबित्तिय संस्था लि. दोधारा चाँदनी शाखाले आफ्ना ९१ जना बाढी पिडित सदस्यहरुलाई खाद्यान्न बितरण गरेको ईन्फिनिटी लघुबित्तिय संस्था लि. केन्द्रिय कार्यालय कर्जा बिभागका प्रमुख प्रेम बहादुर थापाले जानकारी दिनुभएको छ् । दोधारा चाँदनीमा आएको अविरल वर्षा संग महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले गरेको क्षतीको मध्यनजर गर्दै संस्थामा आबद्ध भएका ९१ जना बाढी पिडितहरुलाई खाद्यान्न बितरण गरिएको ईन्फिनिटी लघुबित्तिय संस्था लि. केन्द्रिय कार्यालय कर्जा बिभागका प्रमुख प्रेम बहादुर थापाले बताउनुभएको छ् ।

ईन्फिनिटी लघुबित्तिय संस्थाले आफ्नो ग्राहक सदस्यहरुलाई बिभिन्न दैविक प्रकोपमा सहयोग गर्दै आएको र सो सिलसिलामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका आफ्ना सदस्यहरुलाई बाढीले दिएको पिडाको बेला थोरै भएपनि सहयोग गर्ने प्रयत्न गरेको ईन्फिनिटी लघुबित्तिय संस्था लि. केन्द्रिय कार्यालय कर्जा बिभागका प्रमुख प्रेम बहादुर थापाले बताउनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा १ सय २ जना स्थानियहरुको घर पुर्ण क्षती बनाएको हो । पुर्ण क्षती भएकाहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले पहिलो किस्ता रु. ७ हजार ५ सय आईएमई मार्फत बाढी पिडित घरपरिवारलाई बितरण गरिसकेको छ् ।

यस्तै बिभिन्न संघ, संस्थाहरुले खाद्यान्न तथा स्वास्थ्य सामग्री बितरण गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले ईन्फिनिटी लघुबित्तिय संस्थाले आफु संग आबद्ध सदस्यहरुको पिडामा मलहम लगाउने उद्धेश्यले खाद्यान्न बितरण गरेको कार्य निकै प्रशंसनिय र मानविय कार्य रहेको बताउनुभएको छ् । नगर क्षेत्रमा जुन किसिमले बाढी आयो र दोधारा चाँदनी नगरपालिकाको जनताले व्यहोर्न पर्‍यो, त्यो दुखद पल रहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । स्थानिय सरकारले आफ्नो तर्फबाट गर्ने जिम्मेवारी र कर्तव्य आफ्नो अधिकार क्षेत्र भित्र रहेर गरिरहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

यसरी ईन्फिनिटी लघुबित्तिय संस्थाले आफ्ना सदस्यहरुलाई गरेको खाद्यान्न सहयोगले स्थानिय सरकारलाई समेत सहयोग भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका बैंक, बित्तिय संस्था लगाएत सबैले बाढीपिडितहरुलाई सहयोग गर्न दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले सबैलाई आग्रह गर्नु भएको छ् ।

ताजा समाचार