कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा बृक्षारोपण अभियान शुरु गरिएको छ । संञ्जिवनी नेपालले भीमदत्त नगरपालिकामा बृक्षारोपण अभियान शुरु गरेको हो । मंगलबारदेखि संञ्जिवनी नेपालले भीमदत्त नगर २ नम्बर वडा उल्टाखामदेखि बृक्षारोपण गरेर अभियान शुरु गरेको छ । संञ्जिवनी नेपालकी कार्यकारी निर्देशक नितु भट्टले सुदूरपश्चिम पैरवी सञ्जाल मार्फत जलवायु परिर्वतनका असर न्यूनिकरण र कार्बन उत्र्सजन कम गर्नका लागि भीमदत्त नगरमा अभियानकै रुपमा बृक्षारोपण गरिएको बताईन ।सञ्जिवनी नेपालकी निर्देशक भट्टले पहिलो चरणमा ६ वडाहरुमा बृक्षारोपण गरिने बताईन । ‘हामीले वडाका जनप्रतिनिधीसंग समन्वय गरेर भावि दिनमा समेत बृक्षारोपण गरिएका बिरुवाको दिगोपना हुने गरी सार्वजनिक स्थलमा रोपेका छन, ‘उनले भनिन, ‘अहिले रोपिएका बिरुवा रोप्नका लागि मात्रै नभई भविष्यमा समेत काम लाग्ने गरेर बृक्षारोपण गरेका छौँ ।’ उनका अनुसार वडाहरुमा रहेका महिलाको पैरवी सञ्जालका महिला अघि सारेर बृक्षारोपण गरिनेछ ।

बेल, जामुन, मोरिङ्गका, अमला, पारिजात लगायतका विभिन्न प्रजातिका ५०/६० बिरुवा रोपिएका छन । ‘पछिल्ला बर्षहरुमा जलवायुको असर कञ्चनपुर भीमदत्त नगरमा पनि परेको छ, ‘उनले भनिन, ‘विपद्कै बेला योजना ल्याउनु भन्दा विपद् न्यूनिकरण र विपद्बाट क्षति रोक्नका लागि हामीले अहिलेदेखि नै बृक्षारोपण अभियान गरेका छौँ, यस अभियानमा जनप्रतिनिधीदेखि स्थानीय महिला जोडेर दिगोपन बनाउने संकल्प छ ।’ सञ्जिवनी नेपालका समाजिक परिचालक दिपक राज जोशीले आगामी भदौँभित्रै नगरभरीका १९वटै वडाहरुमा झण्डै एक हजार भन्दा बढि बिरुवा बृक्षारोपण गरिने बताए । उनले पहिलो चरणमा ६ वडा त्यसपछि बाँकी वडाहरुमा स्थानीय जनप्रतिनिधीसंग प्रत्यक्ष समन्वय गरेर स्थान एकीन गरेर रोपिने छ ।

१६ साउनमा भीनपा ८ भम्केनी धाम, १७ साउन भीनपा ११ महाकाली नदी किनार क्षेत्र, १८ साउन भीनपा १० जिमुवा, १७ साउन भीनपा १२ र १७ वडाका सार्वजनिक स्थलमा गरिनेछ । वडामा रहेका महिला पैरवी सञ्जालले अहिले रोपिएका बिरुवाको सरक्षण, प्रर्बद्धन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सञ्जिवनी नेपालले पृथ्वी सरक्षणमा महिला नामक कार्यक्रम मार्फत समेत महिलाका क्षेत्रमा कामकाज गर्दै आएको छ । भीमदत्त नगरपालिका २ का वडाध्यक्ष उत्तम भट्टले बृक्षारोपण अभियानले जलवायुमा आईरहेको परिर्वतन न्यूनिकरणमा टेवा पुग्ने बताए । वडाध्यक्ष भट्टले अहिले रोपिएका बिरुवाको वडाबाट समेत सरक्षण, सम्र्बद्धन गरिने प्रतिबद्धता जाहेर गरेका छन ।







