महेन्द्रनगर : महेन्द्रनगरमा दुईदिने विपद् जोखिम व्यवस्थापनमा सबलताको लागि सहकार्य परियोजना सिकाई समीक्षात्मक कार्यक्रम सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरले सोमवार बाट आयोजना गरेको समीक्षत्मक कार्यक्रममा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरि १२ पालिकाले सहभागिता जनाएका छन् । कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय अध्यक्ष सुर्दशन प्रसाद नेपालले मुलुकमा विपद् दैविक प्रकोपजन्य घटनाहरु घट्ने गरेका र त्यसको न्यूनिकरणका लागी सबै निकायले सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताएका छन् । रेडक्रस सोसाईटिले विगत देखि नै विपद् दैविक प्रकोपमा एम्बुलेन्स सेवा , सक्तसञ्चार सेवा दिँदै आएको बताए । अध्यक्ष नेपालले विगत , वर्तमान र भविष्यमा विपद्जन्य घटनाहरु घट्दै आएकाले प्रक्रोपलाई नियन्त्रण , न्युनिकरण गर्ने हिसावले सबै पालिका सँग समिक्षा र सहकार्यको खाँचो रहेको बताएका छन् । विपद् जन्यघटना न्युनिकरणका लागी सबैले हातेमालो गनुपर्नेमा अध्यक्ष नेपालको जोड रहेको छ । विपद् जन्य घटना न्यूनियकरणका लागी सरकारले आधुनिक र प्रविधिको विकासमा विशेष जोड दिनुपर्ने उनले बताए ।
यस्तै, कार्यक्रममा बोल्दै विशिष्ट अतिथी डेनिस रेडक्रसका कलस्टर कन्ट्रीम्यानेजर डेबिड फोग्डेनले नेपालमा रेडक्रसको अवस्था र त्यसको सुधारका विषयमा धारणा राखे । उनले भने ,–‘रेडक्रसको रुपान्त्रण, क्षमता विकास र नेपाल रेडक्रसमा भएका कमीकमजोरी सुधार गरि रेडक्रसका सेवाहरु दुर्गम स्थान सम्म पु¥याउन रेडक्रस सँग सहकार्य भइरहेको छ । ’ नविनतम प्रविधिको विकास गरि रेडक्रका सेवासुविधाहरु सुधारोउन्मुख तर्फ लग्नमा डेनिस रेडक्रस कलस्टर सदैब अग्रसर रहने उनले बताए । कार्यक्रममा बोल्दै पुर्नवास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले विपद् जन्य घटना न्युनिकरण पालिकाबाट मात्रै सम्भव नभएको बताएका छन् । उनले यस वर्ष मात्रै पालिकाले बाढीबाट तिन जनाको मानविय क्षति बेहोर्नुपरेको बताए । ‘पछिल्लो समयमा जनप्रतिनिधिमाथि थुप्रै आँच आउने गरेका छन््, उनले भने,–‘राम्रो काम गर्दा गर्दे पनि जनप्रतिनिधीमाथि विनाकारण आक्रोस पोख्ने गरेका छन् ।’ रेडक्रसले विपद् न्युनिकरणका लागी गरेका कृयाकलाप सहारनिय रहेको बताउँदै आगामी दिनमा बजेट बिनियोजन गरिने मेयर शर्माले बताएका छन् ।
कार्यक्रममा बोल्दै कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विपद्का समयमा समाज र पालिका मजबुद बन्नुपर्नेमा जोड दिएका छन् । दैविक प्रकोपमा दक्ष जनशक्ति , प्रविधीको उच्चतम प्रयोग गरिनुपर्ने बताए । त्यसका लागी सबै निकायसँग सहकार्यको खाँचो रहेको उनले बताए । कार्यक्रमका सभापती तथा कञ्चनपुर जिल्ला शाखा रेडक्रसका प्रमुख टेकराज उप्रेतीले कञ्चनपुरमा यस वर्ष विपद्ले ठुलो क्षती पु¥याएको बताए । यस्तो विकराल परिस्थितीमा स्थानिय सरकार , रेडक्रस, सुरक्षाकर्मी सबैले हातोमाले गरेर उद्धारका कार्यगरिएको बताए । अहिले रेडक्रस सबैठाउँमा पुगेको बताउँदै उनले यसपटक भने ठुलो बाढी आएको स्मरण गरे । यस्तो परिस्थितीबाट जोगिन आगामी दिनमा सबै संघसंस्थाले हातेमालो गर्नुपर्नेमा सभापती उप्रेतिले जोड दिए । युरोपियन युनियनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस , नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालले संचालन गरेको विपद् जोखीम व्यवस्थापन सबलता लागी सहकार्य (स्ट्रोङ्ग डिआरएन) परियोजनाले दुई दिने समिक्षात्मक गोष्ठीको आयोजना गरेको हो । सन् २०१७ बाट सुरु भएको उक्त परियोजना हाल कैलाली , कञ्चनपुर र बर्दियाका १२ वटा पालिकामा लागु भएको छ । बर्दिया जिल्लाको गेरुवा, गुलरीया, ठाकुरबाबा, बारबर्दिया, कैलालीको टिकापुर, जानकी, कैलारी, भजनी र कञ्चनपुरको पुर्नवास, शुक्लाफाँटा , कृष्णपुर र लालझाँडी गाउँपालिकामा उक्त परियोजना लागु भएको छ ।
सोमबार भएको गोष्ठिमा कार्यक्रम लागू भएका पालिकाको अवस्था र आगामी दिनमा विपद् न्यूनिकरणका लागी खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भएको स्ट्रोङ्ग परियोजना कञ्चनपुरका कार्यक्रम अधिकृत विनायक पौडेलले जानकारी दिए । साथै, उनले पालिकाहरुमा विपद् न्युनिकरण सम्बन्धी भइरहेका गतिविधी र भावी योजनाका विषयमा छलफल गरिएको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिल बहादुर बुढा, सोसाइटिका केन्द्रिय सदस्य कृष्ण प्रसाद गौतम, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, पुर्नवासका मेयर तोयप्रसाद शर्मा, कृष्णपुरका उपमेयर द्रोपदी राना, जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी, भजनीका मेयर केवल चौधरी, गुलरियार बर्दीया नगरपालिकाका उपमेयर सावित्रा गौतम, बारबर्दीयाका उपप्रमुख रत्ना कुमारी पाण्डे, गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, टीकापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिर्घ ठकुल्ला, वडा नम्बर ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाईटी कैलालीका उप–सभापती जगदिश्वर पण्डित , बर्दिया जिल्ला शाखाका सभापती कृष्ण प्रसाद गौतम लगायत १२ वटै पालिकाका विपद् व्यवस्थापन समितीका सम्पर्क व्यक्तिहरु, मेरिकोप्सका प्रतिनिधी, फिनिस रेडक्रसका प्रतिनिधीहरुले सहभागीता जनाएका छन् । डेनिस रेडक्रसका कार्य क्रम संयोजक निरु प्रधानले कार्यक्रमको उदेश्यमाथि प्रकास पारेकी थिइन् । कार्यक्रमको सहजिकरण रेडक्रस सोसाईटीका उपनिर्देशक रुद्रनारायण अधिकारीले गरेका हुन् ।






