वैजनाथ आधारभूत विद्यालयमा वृक्षारोपण


कञ्चनपुरः  भीनपा– १४ बनकट्टी मा रहेको वैजनाथ आधारभूत विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । विद्यालय हरित कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको हो । सोमबार एक कार्यक्रमको आयोजना गरि भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले विद्यालय प्राङ्गणमा विरुवा रोपी उद्दघाटन गर्नु भएको हो ।

भारतको उत्तराञ्चल स्थिीत पन्तनगर विश्वविद्यालय बाट ४० वटा विभिन्न जातका फलफुल तथा वोट विरुवा ल्याई वृक्षरोपण गरीएको छ । जसमा इकोपार्क, हर्वल गार्डेन र फुलबारी बनाईको छ । ‘विद्यार्थीको पाठ्यपुस्तकमा भएका बोट विरुवालाई विशेष ध्यानमा राखि वृक्षा रोपण गरीएको हो । जसले गर्दा विद्यार्थीको सिकाईको साथ साथै बोट विरुवाको बारेमा पनि जानकारी हुने’ प्रधानाध्यापक पुष्पमणी जोशीले बताउनु भयो ।

भीमदत्तनगरपालिका नगर उपप्रमुख जोशीले ‘शिक्षा, स्वास्थ्य र विपद्को लागि भीमदत्त नगरपालिका बाट सक्दो सहयोग गरिने भएकोले विद्यालयको भौतिक अवस्था र निजी शिक्षकको लागि तलबको व्यवस्था गर्ने बताउनु भयो ।’ कक्षा १ देखि ८ सम्म पढाई हुने वैजनाथ आधारभूत विद्यालयमा अहिले १४० जना विद्यार्थी रहेको छन् । यस भन्दा पहिलो आ.वा २०८०/०८१ म मात्र ३४ जना विद्यार्थी रहेका थिए ।

विद्यालयमा शैक्षिक कलेण्डर अनुसार विहान ७ बजे देखि दिउसो १ बजे सम्म कक्षा सञ्चालन हुने गर्दछ भने विदाको दिन शनिबार पनि पठन पाठको अतिरिक्त दुना टपरी, शिलाई बुनाई, खेलकुद र नृत्य बाट विद्यार्थीहरुलाई उत्पे्ररित गर्ने कार्य पनि भई रहेको प्रधानाध्यापक जोशीले बताउनु भयो । हाल विद्यालयमा २ जना बालविकास, ६ जना दरबन्दी २ जना निजी शिक्षक र १ जना कर्मचारी गरी ११ जना कर्मचारी रहेका छन्) । ६ महिना अघि मात्र प्रधानाध्यापक भएर आएका पुष्पमणी जोशीले सानो समयमा विद्यालयको मुहार परिर्वतन गर्न सफल भएको स्थानिय अभिभावक बताउछन् ।


ताजा समाचार

spot_img