महेन्द्रनगर – कञ्चनपुरको दोधाराचादनी नगरपालिकाले शिक्षकहरुको सरुवा गरेपछि लक्ष्मी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले विभिन्न विद्यालयबाट सरुवा भएर आएका शिक्षकहरुलाई स्वागत तथा उक्त विद्यालयबाट सरुवा भई भएका शिक्षकको विदाई गरेको छ । अन्य विद्यालयबाट सरुवाभई आएका शिक्षक यज्ञ राज पण्डित, धर्मराज पण्डित, तिर्थ बहादुर बस्नेत, सर्वजीत बुढा, नरेन्द्र चन्द, चन्द्र बहादुर खड्का र दिल बहादुर सिंहलाई विद्यालयका भव्यताकासाथ स्वागत गरेको छ भने विद्यालयकाबाट सरुवा भएका शिक्षक राधिका भट्ट, रमेश प्रसाद उपाध्याय, दुर्गा मल्ल, टिकाराम शर्मा, तेज सिंह विष्ट, धन बहादुर ओली, दिपक चन्द्र ओझा, चन्द्रसिंह विष्ट र अम्बादत्त भट्टलाई विदाई तथा सम्मान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर रावतले गरेका थिए । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष देवीसरा सुनार, वडा सदस्य सन्दिप उपाध्याय, कमला देवी उपाध्याय, आईतबहादुर वुढा, पिटिए अध्यक्ष रुद्र बहादुर दर्लानी, सम्पूणै विद्यालय व्यवस्थापन समिति सदस्य, पिटिए सदस्य, शिक्षक कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । साथै दुई दशक भन्दा वढि समय भामु माध्यमिक विद्यालयमा सेवा गरेका तथा दश बर्ष भन्दा बढि समय प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका अनुभवी प्रधानाध्यापक यज्ञराज पण्डित लक्ष्मी माविको प्रधानाध्यापक नियुक्त भएकोमा प्रअ पण्डितलाई बधाई सहित स्वागत गरिएको छ ।

सरुवाभई आएका शिक्षकहरुले आफ्नो जिम्मेवारी कटिबद्ध भएर पुरा गर्ने बताएका छन् । उनीहरुले जस्तो सुकै परिस्थिति आएता पनि विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्नमा आफुहरु मिहिनेतका साथ लाग्ने बताए । जिल्लाकै योग्य क्षमतावान ततथा कुशल व्यक्ति प्रधानाध्यापक पाउदा विद्यालयको शैक्षिक तथा अन्य व्यवस्थापकिय पक्ष उत्कृष्ठ हुने र विद्यालयले दोधारा चादनीमा नै उचाई हासिल गर्ने विश्वास लिएको व्यवस्थापन समिति अध्यक्ष ईन्द्र बहादुर रावतले बताए ।







