महाकाली आयुर्वेद औषाद्यालय कञ्चनपुरले निःशुल्क उपचार गर्दै


कञ्चनपुर : महाकाली आयुर्वेद औषाद्यालय कञ्चनपुरले विभिन्न प्रकारको रोगबाट ग्रसित विरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ । भीनपा –४ मालपोत कार्यालय नजिकै रहेको आयुर्वेद औषाद्यालयले दैनिक १०० जना भन्दा बढीलाई उपचार सेवा दिदै आइ रहेको छ । जसमा दैनिक ५० जना भन्दा बढी बाहिरङ्ग (ओपिडी) भने ५० भन्दा बढीलाई पञ्चकर्म (फिजीयोथेरापी) बाट सेवामा दिई रहेको छ साथै विभिन्न रोगको परीक्षण पनि निःशुल्क गरेको छ ।

‘यसरी निःशुल्क उपचार र परीक्षणले शरीरमा भएको रोग पत्ता लाग्नुको साथै उपचार गर्नमा सुविधा हुने’ सेवाग्राही उत्तर धामीले बताए ।

‘lप्रायः आयुर्वेद भन्ने वित्तिकै जडिबुटि बाट बनेको औषधीलाई बुझिने गरेको छ तर वास्तवमा आयुर्वेदले मनुष्यको जिवनमा खानपान, जिउन जिउन सिकाउने पद्धति रहेको’ डा.ओम प्रकाश कलौनी बताउछन् । उनले भने ,‘ दैनिक विरामीको चाप बढ्दा कञ्चनपुर जिल्लाको ५ लाख जनसंख्याको लागि १ जना मात्र चिकित्सक रहेका छन् भने ११ जनाको दरबन्दीे छ जसले गर्दा जनशक्तिको अभाव रहेको छ ।’

सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०८१/०८२ मा १० शैयाको अस्पतालको डिपीआर तयार गरेको छ, यो आर्थिक वर्ष २०८१/०८२ मा बजेट आउने सम्भावना रहेको डा. कलौनीले बताए । स्कुल स्तर बाटै आयुर्वेद सम्बन्धी ज्ञान दिने उद्देश्यले महाकाली आयुर्वेद औषाद्यालय कञ्चनपुरले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि गर्दै आइरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img