कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयमा शिक्षक भर्नामा विवाद चुलिएको छ । पुनर्वास नगरपालिका ७ बुद्धबस्तीको बाल बागेश्वरी माध्यामिक विद्यालयमा शिक्षक भर्नामा विवाद चुलिएको हो । चालु शैक्षिक सत्र ०८१मा निम्न माध्यामिक तह नेपाली विषयको राहत शिक्षक भर्नामा आफुले चाहेका उम्मेदवार भर्ना गराउने होडबाजीले विद्यालय व्यवस्थापन र प्रशासनविच स्वार्थ बाँझिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास तामाङ्गले आफु अनुकुल प्रतिस्पर्धी उर्तिण हुन नसकेको अवस्थामा नोटअफ सिडेन्ट लेखेपछि विवाद चुलिएको हो । प्रथम खण्डमा १०मध्ये २ मात्रै उम्मेदबार उर्तिण भएका थिए ।

२ उम्मेदवारले दोस्रो खण्डको परीक्षा दिएका थिए । गाँउमा विवाद भएपछि शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरमा प्रशनपत्र जाँच गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र स्रोतका अनुसार दोस्रो खण्डको लिखित परीक्षामा सफल उम्मेदवारमा असमती जनाएर अध्यक्ष तामाङ्गले बिरोध गरेका थिए । स्रोतका अनुसार चन्द्रावर्ती शर्मा र ईश्वरी जोशी दोस्रो लिखित परीक्षामा सहभागि भएका थिए । शर्मा उर्तिण भएपछि अध्यक्ष तामाङ्ग बिरोधमा उत्रिएका थिए । अन्य प्रथम खण्डको परीक्षामै अनुर्तिण भएका प्रशिक्षार्थीहरुले शुरुवाती चरणदेखि विद्यालयले शिक्षक भर्नामा चलखेल गर्न खोजेको आरोप लगाएका छन । शिक्षक भर्नामा राम्रो नभई आफ्नो शिक्षक भर्ना गर्न प्रवृति किचलो भएकाले त्यही भएर गत शैक्षिक सत्र ०८० मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा समेत विद्यालय निल गएको छ ।

शिक्षक भर्नामा आर्थिकदेखि निकट व्यक्ति राख्ने प्रपञ्च रचिएको भन्दै अहिलेसम्मको भर्ना प्रकृया रद्द गरेर पुन भर्ना खोल्नुपर्ने शुरुवाती आवेदकहरुले माग अघि सारेका छन । बाल बागेश्वरी माध्यामिक विद्यालयका अध्यक्ष दिपक तामाङ्गले दोस्रो खण्डको परीक्षाको नतिजालाई लिएर आफुले कुनै सहमती नगरेको दावि गरेका छन । अध्यक्ष तामाङ्गले दुवै उम्मेदवार उर्तिण भएको बताए । ‘मेरो केही स्वार्थपनि छैन, चाहे अनुरुप उम्मेदवार उर्तिण गराउन मैले दवाव पनि गरेको छैन, ‘उनले भने, ‘बिरोध पनि छैन, दुवै उम्मेदवार उर्तिण भईसके कुरो मिलिसक्यो ।’ शिक्षक भर्नाको विषयमा थप जानकारीका लागि पटक पटक प्रअ बेद बहादुर तामाङ्गको ९८०६४९१२३४नम्बरमा पटक पटक सम्र्पक गर्न खोज्दा सम्पर्क हुन सकेन । यसरी सामुदायिक विद्यालयमा शिक्षक भर्नाका लागि स्वार्थ देखिएपछि शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै अभिभावकले आफ्नो मान्छे, हाईने राम्रो विद्यार्थी र विद्यालयको भविष्य सुधार गर्ने शिक्षक भर्ना गर्न सुझाव दिएका छन ।







