कञ्चनपुर : भीनपा– ७ हल्दुखालमा रहेको श्रीराम मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
चाड पर्व नजिकिए सँग विभिन्न कार्यक्रमहरुको आयोजना पनि हुने भएकोले स्थानिय र समितिका पदाधिकारीहरुको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न भएको पूर्व सचिव अमित भट्टले जानकारी दिनु भयो ।

सरसफाई कार्यक्रममा स्थानिय लगायत समितिका अध्यक्ष गोबिन्द भट्ट, सचिव गौरी प्रसाद जोशी, कोषाध्यक्ष टिकाराम ओझा र पुर्व सचिव अमित भट्टको सहभागिता रहेको थियो । सचिव गौरी प्रसाद जोशीले आफनो समाजिक संझाल मार्फत शनिबारको दिनको सदुपयोग गरेको बताएका छन् ।

‘यसरी विदाको समयमा फाल्तु गफ र चिया चौतारामा बसेर समय खेर फाल्नु भन्दा सामाजिक क्षेत्रमा कार्य गर्नु उपयुक्त हुने पूर्व सचिव भट्ट बताउछन् । ‘यसले गर्दा नयाँ पिडिमा पनि समाजिक क्षेत्रमा काम गर्ने बानी बस्ने विश्वास रहेको भट्टले बताए ।’







