कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाले आर्टिफिसियल ईन्टेलिजेन्सी(एआई) सम्बन्धीत तालिम आयोजना गरेको छ । बेदकोट नगरपालिकाले आर्टिफिसियल ईन्टेलिजेन्सी(एआई) सम्बन्धीत तालिम आयोजना गरेको हो । बेदकोट नगरपालिकाले काठमाण्डौँ विश्वविद्यालयसंगको सहकार्यमा उक्त तालिम संचालन गरेको थियो । बेदकोट नगरपालिकाले संचालन गरेको उक्त एआई तालिमको आइतबार एक कार्यक्रमका विच समापन गरिएको छ ।

प्रशिक्षार्थीहरुले सो सम्बन्धी प्रोजेक्ट तयार गरि नगरपालिकाको सभाहलमा प्रस्तुतिकरण समेत गरेका थिए । प्रशिक्षार्थीले प्रस्तुत गरेका प्रोजेक्टहरुमा बालिमा लाग्ने रोग सम्बन्धी पुर्व सुचना दिने एआई सिस्टम, फोटोको आधारमा पर्यटकीय स्थलहरुको बिस्तृत जानकारी दिने सिस्टम, व्यापार व्यावसायमा ग्राहकहरुको टिकाउ दर प्रदान गर्ने सिस्टम तथा मानव स्वास्थ्यमा लाग्ने रोगहरु पत्ता लागाउने ए।आई सिस्टम तयार गरि कार्यक्रममा प्रसतुतिकरण गरेका थिए ।

नगरपालिकाको आयोजनामा उक्त तालिम एक महिनासम्म चलेको थियो । तालिमको प्रमुख प्रशिक्षकमा डा. यज्ञराज पाण्डेय रहेका थिए । बेदकोट नगरका प्रमुख भोजराज बोहराले तालिम नयाँ भएकाले थुप्रै ज्ञानसिप पाईएको बताए । तालिममा सुप विश्विद्यालय, बेदकोट नगरका जनप्रतिनिधीले प्रसंसा गर्दै तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयमा जोडदिएका छन ।







