ह्याँक विमर्श तथा कवि सम्मेलन सम्पन्न


महेन्द्रनगर : प्रगतिशिल लेखक संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा प्रलेस सुदूरपश्चिमको मुखपत्र ह्याँक अंक २को समीक्षा संगै कवि सम्मेलन सम्पन्न भयेको छ। प्रलेस सुदूरपश्चिम अध्यक्ष रमेश पन्त मीतबन्धुको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार रामचन्द्र नेपाल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा साहित्यकार पञ्चमराज भट्टद्वारा ह्याँक अंक २माथि समिक्षा प्रस्तुत गरेको कार्यक्रम संयोजक जगदीश ओझाले स्वागत मन्तव्य राखेका थिए ।ह्याँक सम्पादक कविराज भट्ट विलौनाले सम्पादकीय अभिमत प्रस्तुत गरेका थिए। प्रतिनिधिमूलकरूपमा ५९जना सर्जकका ६१वटा रचना समाविष्ट ह्याँक विमर्श तथा कवि सम्मेलनको सञ्चालन प्रलेस प्रदेश समिति सचिव सिर्जनले गरेका थिए।सो कार्यक्रममा २९जना सर्जकले गीत, गजल एवम् कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी सवै कविहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गर्नुका साथै समीक्षक पञ्चमराज भट्टलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्रलेस केन्द्रीय सदस्य तिलक सिंह गुगुल्डि वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्राम, नेपाली लेखक संघका अध्यक्ष स प्रा श्यामसुन्दर ढकाल, स प्रा हरिप्रसाद खतिवडा, साहित्यकार कल्यान ओझा, कृष्णदत्त चटौत, गडसेरी माइला ,विशिष्ट अतिथि रहेको कार्यक्रममा उप प्रा यज्ञराज पन्त, नारायण लम्साल, धर्मानन्द भट्ट, पुर्ण मल्ल, गंगा बिष्ट तुलसी प्रसाद पण्डित, मीना पन्त, हिरा जोशी भट्ट , मधु हमाल ,तीर्थराज जोशी, कोपिला शर्मा प्रेमप्रकाश कलौनी, अमित प्रसाद भट्ट, ओम प्रकाश पुनलगायत ४दर्जन बढी साहित्यिक सर्जकहरूको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा मिडिया सहयोगी पत्रकार महादेव अवस्थी, नरेश जोशी, प्रकाश भट्ट रहेका थिए। सुदूरपश्चिमको साहित्यिक उन्नयनमा प्रगतिशील लेखक संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र यस्ता कार्यक्रमले सर्जकहरू लाई अझै हौसला प्राप्त हुने कुरा प्रमुख अतिथिले व्यक्त गरेका कार्यक्रममा अध्यक्ष रमेश पन्त मीतबन्धुले निकट भविष्यमै ह्याँक अंक ३ प्रकाशित हुने र रचना उपलब्ध गराउन अनुरोध गरेका छन। सोहि अवसरमा २जना बालकविहरूलाई गुगुल्डि वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्राम नगद पुरस्कार प्रदान गरेका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img