कञ्चनपुर : साउन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको अधिकारीले कञ्चनपुरको वाढीबारे सरोकारवालासंग छलफल गरेका छन । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको अधिकारीले कञ्चनपुरको वाढीबारे सरोकारवालासंग छलफल गरेका हुन ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख अनिल पोखरेलले जिल्लाको वाढीको बस्तुस्थिति बारे सरोकारवालासंग छलफल गरेको बताए । उनले छलफल गरेर भावि दिनमा समस्या समाधानका लागि पहल गरिने बताए । गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्म कुमार भुषालले गृह मन्त्रालयले आगामी दिनमा विपद् प्रतिकार्य सहजताका लागि सरोकारवालासंग छलफल गरेर नयाँ योजना ल्याउने बताए ।

कार्यक्रममा जिल्लाका पालिका प्रमुखहरुले स्थानीय तहमा स्रोत साधन दिनुपर्ने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले विपद्बाट बाच्नका लागि सरोकारवालाको भूमिका आवश्यक रहेको औल्याए ।







