देउडिया गिदारु सालिभान पालकाे निधन


खडक ब. काेली /कञ्चनपुर : अजयमेरु गाउँपालिका वडा नम्बर ५ लेटोम बस्ने देउडिया तथा गिदारु सालीभान पालको आज बिहान साउन १ गते बिहान आफ्नै घरमा ८७ वर्षको उमेरमा असामयिक निधन भएकाे हाे। पिल्काेट डडेलधुरा ,बैतडी, कञ्चनपुर लगायत सुदूरपश्चिम जिल्लाका विभिन्न ठाउँमा ख्याति प्राप्त कलाकार देउडिया गिदारु सालिभान पालकाे निधनले पिल्काेटबासीहरुलाई ठुलाे क्षति भएकाे अजय मेरो गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष राज बहादुर पालले बताएका छन्। दुईदिन अगाडि कार्यक्रममा सहभागी भएका थिए अचानक मृत्युको खबरले वडा कार्यालय पिल्काेट बासीहरुले अभिभावक गुमाएको र कलाकारिता क्षेत्रमा क्षेति भाेग्न परेकाे अध्यक्ष पालले बताएका छन।

त्यसैगरी देउडिया बर्तलो जोशी ( रामदत्त जोशी) आफूसितको देउडिया साथि गुमाउँदा दुःख प्रकट गरेका छन्। उनले भने २०३२ सालमा बैतडी र डडेलधुराको साेरनया हुने गनान जातमा पहिलाे भेट भएकाे २०८० साल सम्म देउडा गीतहरू दोहोरी खेलेर दिन बिताएकाे जुन खेलमा सालिभान जि हुदैन्थे त्याे खेल नै खल्लाे हुने डेउडा खेल्ने र दर्शकहरू बताउँथे। तल्लो दे मैतोडा पाटनमा भएको खेलमा रामदत्त जोशी प्रथम र स्वर्गीय सालीभान पाल द्वितीय भएका थिए दुबैलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान समेत गरेकाे देउडिया जोशीले बताए । बर्तोला जोशी भाबुक भएर भने २०८० मा दोहोरीमा भएको गीत नै अन्तिम दाेहारिभएको बताए।

महाकाली साहित्य संगम कञ्चनपुरका अध्यक्ष हरिप्रसाद जोशीले स्वर्गीय शालीभान पालज्यू खेललाई भव्य सभ्य सँग खेलाउनुमा ध्यान दिएर खेलाउने देउडिया हुन पैतला गीतका लय शिष्टता भन्दा बाहिर गएमा लाइनमा ल्याउने गिदारुभनी प्रशंसा गरेका छन। खुला मञ्चमा हुने सुदूरपश्चिमको वर्ष देउडिया २०७९ मा खुला मञ्चमा भएको देउडा गीतमा प्रमाणपत्र दोसल्ला सम्मान गरिएको अध्यक्ष हरिप्रसाद जोशीले बताएका छन् । यसै गरेर पिलकोट लगायत विभिन्न जिल्लाका बेउडिया कलाकारहरू देउडा खेल्ने खेलाडीहरू देउडा प्रेमीहरु गिदारु स्व. सालिभानपालको मृत्युकाे खबरले चिन्तित भएका छन।


Loading Viewer...

ताजा समाचार

spot_img