महाकाली अस्पतालको सदस्यमा भट्ट नियुक्त

कञ्चनपुर: महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा सुरेश भट्ट नियुक्त भएका छन । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा सुरेश भट्ट नियुक्त भएका हुन ।

भट्टलाई सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालयले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको हो ।

३० असार ०८१ मन्त्रीस्तरिय निर्णयबाट भट्टलाई महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको मन्त्रालयले जनाएको छ । भट्ट अखिल क्रान्तिकारीका नेता हुन । उनी क्रान्तिकारी प्रदेशका कोषाध्यक्ष एव कञ्चनपुरका विद्यार्थी नेता पनि हुन ।

सदस्यमा मनोनित भएका भट्टलाई स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट(सरल)ले मन्त्रालयले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्न निर्देशन दिएका छन । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यको जिम्मेबारी पाएका सुरेश भट्टले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार