महेन्द्रनगर : गुगुल्डि वाङ्मय प्रतिष्ठानको आयोजनामा महेन्द्रनगरमा भब्यताका साथ २११औ भानुजयन्ति मनाइएको छ ।बिहान भानुचोक ,महेन्द्रनगर रहेको भानुको सालिकमा माल्यार्पण तथा रचना बाचन गर्नुका साथै दिउँसो गुगुल्डि वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामको अध्यक्षता भयेको साहित्यिक समारोहमा रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भयेको छ। गुगुल्डि वाङमयका सचिव जगदीश ओझाद्वारा सञ्चालन भयेको कार्यक्रममा साहित्यकार मधु हमाल तथा समाजसेवी कमलराज चटौत विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद भट्ट बैरागीले गरेका थिए भने समारोहमा वंशिधर जोशी, तिलक नेपाली, दामोदरसिह धामी तथा कमलराज चटौतले श्रद्धान्जली मन्तव्य राखेका थिए भने शतिश चुनारा, अमितप्रसाद भट्ट, खगेन्द्र नाथ वियोगी, कविराज भट्ट, प्रेमप्रकाश कलौनी, राम रमण हंस,बलदेब अवस्थी रमेश पन्त मीतबन्धु, तुलसीप्रसाद पण्डित, लक्ष्मीप्रसाद भट्ट, खिमानन्द वडू लगायत कविहरूले रचना वाचन गरी भानुभक्त आचार्य प्रति श्रद्धान्जली अर्पण गरेका थिए। साहित्यकार रमेश पन्त तथा कविराज भट्टद्वारा संयोजित उक्त कार्यक्रमका अवसरमा गुगुल्डि वाङ्मय प्रतिष्ठानबाट प्रदान गरिने द्रोपती विश्राम गुगुल्डि वाङ्मय सम्मान २०८१ , बरिष्ठ साहित्यकार तथा डोट्याली भाषाका कोशकार आर डि प्रभास चटौतलाई प्रदान गरिएको मा निजका नाति कमलराज चटौतलाई हस्तान्तरण गरिएको छ ।

भने मालमहिम राम रत्ना सम्मान २०८० साहित्यकार मधु हमाललाई प्रदान गरिएको थियो। त्यसै गरि भाषा, साहित्य एवम् संस्कृतिको क्षेत्रमा सक्रिय व्यक्तित्वहरू तिलक नेपाली, शतिश चुनारा, वंशिधर जोशी, दामोदरसिह धामी, कमलराज चटौत, बलदेव अवस्थी, तथा खगेन्द्र नाथ वियोगीलाई सम्मान स्वरूप प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।







