कञ्चनपुर: चारदिनदेखि लगातारको भिषण बर्षाको कञ्चनपुरमा जताततै ताण्डप मच्चाईरहेको छ । भिषण बर्षातले नदीखोला नालामा आएको वाढीबाट हजारौँ घर परिवार डुवानमा परिरहेका बेला पुनर्वासको रातोखोले तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले पुनर्वास नगरपालिका ५

(ग)गाँउको रातोखाले तालमा डुबेर दुई किशोरीको मृत्यु भएको बताए । पन्तका अनुसार १५ बर्षिया लक्ष्मी बोगटी, १६ बर्षिया सृजना बोगटीको मृत्यु भएको छ । भने आरती बोगती वेपत्ता भएकी छिन । वेपत्ता आरतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । भने आरती बोगती वेपत्ता भएकी छिन । वेपत्ता आरतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरु तिनै जना सोमबार दिउँसो उनीहरु तालमा पौडीखेल्न गएका थिए । तीनै जना गाँउकै गौरीशंकर माध्यामिक विद्यालयमा अध्ययनरत छन ।







