शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भैंसी चराउने क्रममा बेपता भएकी बृद्धाको सकुशल उद्धार


कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भैंसी चराउने क्रममा बेपत्ता भएकी ७२ वर्षीय बृद्धाको प्रहरीले सकुशल उद्धार गरेको छ । निकुञ्जमा भैसी चराउनका लागि गएकी शुक्लाफाँटा नगरपालिका १२ की लाली ढाँटको इलाका प्रहरी कार्यालय झलारीको टोलीले निकुञ्जको पडाव क्षेत्रमा फेला पारी उद्धार गरेको हो ।

असार १९ गते साँझ निकुञ्जमा चर्न गएको भैसी घर आएपनि चराउन गएकी बृद्धा घर नफर्के पछि आफन्तले प्रहरीलाई खोजविनका लागि आग्रह गरेका थिए । निकुञ्जमा खोजविन गर्दै जाँदा पडाव क्षेत्रमा फेला पारेको इप्रका झलारीका प्रहरी निरीक्षक बिर बहादुर बुढाऐरले बताउनु भयो । “दिशा पत्ता लगाउन नसकेपछि बृद्धा निकुञ्जको दक्षिणी क्षेत्र तर्फ जादै गरेकी रहेछिन” उहाँले भन्नुभयो, “खोजविनमा गएको टोलीले फेला पारी उद्धार गरी आफन्तलाई सकुशल बुझाएका छौं ।”

निकुञ्जमै बाटो भुलेपछि आँपको रुखमूनी रात विताएको बृद्धालाई उदृत गर्दै प्रहरी निरीक्षक बुढाऐरले बताउनु भयो । जंगली जनावरले केही नगर्दा बृद्धाको ज्यान जोगिएको उहाँको भनाई रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img