कञ्चनपुर : राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५औ बार्षिकोत्सव फलफुलका बोटविरुवा बृक्षारोपण गरी मनाईएको छ । शुक्रबार राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५औ बार्षिकोत्सव राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरको नवनिर्मित भवन परिसरमा विभिन्न प्रजातिका फलफुलका विरुवा बृक्षारोपण गरी मनाईएको हो । राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा नवनिर्मित भवनको परिसरमा आँप, लिचि, रुद्धाक्ष, अम्बा सोप्लान्ट, समि लगायतका फलफुलका विरुवा बृक्षारोपण गरिएको छ ।

बृक्षारोपण कार्यक्रमले हरित सुदूरपश्चिम अभियानलाई सहयोग पुग्ने राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ सुदुर पश्चिम प्रदेश समिती अध्यक्ष राजेन्द्र बहादुर बिष्टरहेका थिए भने प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुदुर पश्चिम प्रादेशिक प्रबन्धक राजेन्द्र आचार्य रहेका थिए ।

त्यसैगरी अतिथिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुदुर पश्चिम प्रादेशिक उप प्रबन्धक कर्ण देब जोशी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगर का शाखा प्रबन्धक त्रिचन्द्र भण्डारी, शाखा कार्यालय क्याम्पस रोडका शाखा प्रबन्धक जित जगं सिहं, शाखा कार्यालय महेन्द्रनगरका शाखा सहायक प्रबन्धक हरक सिंह धामी, उप प्रबन्धक मीन बहादुर चौधरी, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल केन्द्रिय सल्लाहकार समिती सदस्य प्रतिभा भण्डारी, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका केन्द्रिय समिती सदस्य नारायण कुवर, नेपाल बित्तीय सस्था कर्मचारी राष्ट्रिय वाणिज्य बैंक केन्द्रिय सदस्य नव राज ओझा, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संगठन सुदुर पश्चिम सचिब नरेश बोहरासहित बैंकका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदुर पश्चिम प्रदेश समिती सचिब मंगल राज अवस्थीले संचालन गरेका थिए भने नारायण कुवरले स्वागत मन्तब्य राखेको थिए ।







