कञ्चनपुर: कञ्चनपुरको सदरमुकाम एव जेठो स्थानीय भीमदत्त नगर सरकारले अवैध सरचनामा निरन्तर डोजर लगाएर सरकारी जमिन खाली गराईरहेको छ । गत ५ जेठदेखि भीमदत्त नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सरकारी जमिन अतिक्रमण गरेर बनाएका सरचनामाथि डोजर नै लगार अतिक्रमण खाली गराईरहेको हो । गृह मन्त्रालयको निर्णय अनुरुप जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पालिकालाई नगर विकास समितिको अतिक्रमण हटाउने दिएको जिम्मा अनुरुप पालिकाले निरन्तर जमिन खाली गराउन लागेको छ । भीमदत्त स्थानीय सरकारले पालिका मातहत आएको तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको अतिक्रमित तथा अवैध लिज खाली गराउन लागेको हो । अतिक्र्मित जमिन खाली गराउन शुरुवातदेखि नगर प्रवक्ता समेत रहेका भीनपा ५का वडाध्यक्ष पदमराज अवस्थी, ४ का वडाध्यक्ष शुशिल भट्ट फिल्डमा खटिएका छन । भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष केशव विष्टले कार्यबाहक मेयरकै जिम्मेबारी पाएका बेला खोकाछाप्रा क्षेत्रमा तीन/तीन डोजर लगाएर हटाउने काम शुरु भएको छ ।

भीमदत्त नगर प्रवक्ता पदमराज अवस्थीले पालिकाले गरेको निर्णय एव जिम्मेबारी अनुरुप नगर क्षेत्रको अतिक्रमित जमिन खाली गराउन लागेको बताए । प्रवक्ता अवस्थीले पहिलो चरणमा बेवारिसे, दोस्रो चरणमा अवैध लिज र अहिले तेस्रो चरणमा खोकाछाप्राका नामबाट मापदण्ड विपरित गैर कानुनी रुपमा बनाएका संरचना खाली गराउन लागेको बताए । ‘अहिले हामीले तीन तीन डोजर लगाएर अतिक्रमित क्षेत्र खाली गराउन लागेका छौँ, ‘उनले भने, ‘भीमदत्त नगरको सबै अतिक्र्मित क्षेत्र खाली गछौँ ।’ कुनैपनि शक्ति आएपनि अतिक्रमित क्षेत्र खाली गराउने प्रवक्ता अवस्थीको उद्घोष छ । नगरको सार्वजनिक सम्पत्ती सरक्षणका लागि सबै क्षेत्रबाट सहयोग सद्भाव हुनुपर्ने अवस्थीको भनाई छ । तर, खोकाछाप्रालाहरुले भीमदत्त नगरपालिका स्थानीय सरकारले ज्यादती गरिरहेको गुनासो पोखेका छन ।

आफैले विगतमा जमिन र घर बनाउन दिने अहिले आएर भत्काउने भन्दै गुनासो पोखेका हुन । भीमदत्त नगरपालिका वडा सदस्य मिना कुँवरले नगरको सुन्दरता, बृद्धि विकास एव भविष्यका लागि समेत नगर क्षेत्रको अवैध सरचना एव अतिक्रमित जमिन खाली गराउनुपर्नेमा जोडदिएकी छिन । कञ्चनपुर खोकाछाप्रा उद्दार समितिका अध्यक्ष देवल सिह विष्टले भीमदत्त नगरपालिकाले अति राजनीतिकरण एव गरिब विपन्नमाथि दमन गरेको बताए । ‘हामीलाई उतिबेला नगर विकास समिति, त्यसपछि पनि नगरविकास समिति र मन्त्रालयले नै १५वाई २० को घडेरी दिएर व्यवसाय गर्न दिएको थियो, ‘उनले भने, ‘अहिले आएर भीमदत्त नगरपालिकाले बखेडा झिकेर विवाद गरिरहेको छ ।’ काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका भीमदत्त नगरका प्रमुख पदम बोगटीले कसैलाई पनि काखापाखा नराखेर अतिक्रमण बिरुद्धमा पालिका सरकार सतिशाल झै उभिने भन्दै अतिक्रमण खाली गराउन कर्मचारी जनप्रतिनिधीलाई आब्हान गरेका छन ।







