कञ्चनपुर: महाकाली नदीमा डुबेर एक मजदुर वेपत्ता भएका छन । आइतबार दिउँसो कञ्चनपुर स्थित भीमदत्त नगरपालिका १२ऐरी क्षेत्रको महाकाली नदीमा डुबेर मजदुर वेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले निर्माणाधिन महाकाली चारलेनको पुलमा काम गर्दै आएका मजदुर वेपत्ता भएको बताए ।

सुर्खेत बराहताल गाँउपालिका ४साँझघाटका ४५ बर्षिया धन बहादुर गुरुङ्ग वेपत्ता भएका हुन । उनको खोजिकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । आइतबारदेखि महाकाली नदीको सतह बृद्धि पनि भएको छ ।

