खोकाछाप्रा उद्दार समितिको भीमदत्त नगरलाई ज्ञापन : धरकपट नगर्न चेतावनी


कञ्चनपुर: कञ्चनपुर खोकाछाप्रा उद्दार समितिले भीमदत्त नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार खोकाछाप्रा उद्दार समितिले भीमदत्त नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै कञ्चनपुर खोकाछाप्रा उद्दार समितिका अध्यक्ष देवल सिह विष्टले ०५३ सालमा नगरविकास समितिको निर्णय र ०७२ अनुरुप व्यवसाय ंसंचालनका लागि बसेको बताउँदै अहिले आएर नगरपालिकाले अतिक्रमणकारी भन्दै दिएको सज्ञा आधारहिन भएको बताए । महेन्द्रनगर बजारमा बस्दै आएका खोकाछाप्रा व्यवसायीहरुले स्थानीय सरकारसंग यस्तो प्रचण्ड गर्मीका विच आफुहरुको उठिबासी नगर्न अनुरोध गरेका छन । उनीहरुले आफुहरु अतिक्रमणकारी नभई तत्तकालिन अवस्थामा नगर विकास समितिले बजारका ठेला व्यवस्थापनका लागि दिएको जमिनमा कारोबार गर्दै आएको बताएका छन ।

खोकाछाप्राका अगुवा कृष्णराज कलौनीले आफुहरु वास्तविक अतिक्रमणकारी नभई विगतमा नगरविकासले नै व्यवसायका लागि व्यवस्थापन गरेको भन्दै अहिले आएर अन्य अतिक्रमण भू माफिया जस्तै खोकाछाप्रावालाहरुलाई त्यो नजर नहेर्न ध्यानाकर्षण गराएका छन । खोकाछाप्राका युवा अगुवा करन सिह बुढाऐरले विगतमा नगरविकास समिति निर्णय अनुरुप गरिखाने वर्गको उठिबासी गर्न नहुने बताए । खोकाछाप्रामा व्यवसाय गर्दैै आएकी बाटुली धामीले यस्तो गर्मी र बर्खायामको समयमा कसैको पनि उठिबासी गर्न नहुने र बरु खोकाछाप्रावालाहरुमाथि छानबिन गर्न आग्रह गरेकी छिन । नेकपा एमाले युवा नेता महेश पन्तले गरिखाने वर्गमाथि पालिकाले दमन गर्न नहुने बताए ।

उनले विगतमा नविसले गरेका निर्णय अनुरुप अघि बढ्नुपर्ने बताए । नेकपा माओवादीका नेता नरेन्द्र राज जोशीले सर्वदलिय बैठकबाट खोकाछाप्राको टुङगो लगाउनुपर्नेमा जोडदिए । भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले खोकाछाप्राका विषयमा छानबिन गरिने बताए । उनले खोकाछाप्राको हकमा नगर विकास समितिको बैठकमा एजेण्डा राखेर अघि बढ्ने बताए । भीनपा ४का वडाध्यक्ष शुशिल भट्टले १०वाई १०का सरचना बाहेक खाली गरिने बताए । खोकाछाप्रावालाहरुले नगरपालिकाबाट दमन भए प्रतिकारको चेतावनी दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img