कञ्चनपुरमा पहिलो पटक गौरव यात्रा भब्यरुपमा मनायो


महेन्द्रनगर: यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पहिलो पटक र्‍याली निकालेर भब्यताका साथ प्राइड परेड मन्थ ‘गौरव यात्रा ‘ भब्यरुपमा मनाएको छ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ मनाएको हो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए प्लस ) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका अगुवा अर्थात अधिकारकर्मी एवम् सहयात्रा नेपाल कञ्चनपुरका अध्यक्ष राजु लामाले बताएका छन् । उनले भने, कञ्चनपुरमा पहिलो पटक प्राइड परेड मन्थ (गौरव यात्रा) मनाउदाको खुसी छुट्टै रहेको छ। जसमा संविधानमा उल्लेख्य गरिएका हक अधिकारको सुनिश्चितताका लागि हाम्रो समुदायलाई सहज हुने छ। उनले भने।

निलहिरा समाज काठमाडौको सहयोगमा सहयात्रा नेपाल कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा पहिलोपटक गौरव यात्रा मनाएका छौँ, यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एवम् सहयात्रा नेपाल कञ्चनपुरकी संस्थापक अध्यक्ष अरुणा सुवेदीले बताउनु भयो। उनले भन्नू भयो, आज हामिले यसरी जनप्रतिनिधि ,विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र समुदायका साथिहरु एक ठाउँमा रहेर कार्यक्रम गर्दा निकै खुसी भएका छौँ। यसले आफ्ना अधिकार प्राप्तिका लागि समेत टेवा पुग्ने छ।

पछिल्लो समय मा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्नो हक अधिकारका लागि राज्य सामु आई खुल्न थालेपछि पहिलोपटक कञ्चनपुरको महेन्द्रनगरमा गौरव यात्रा उत्सव प्रभातफेरि र्‍याली निकालेर फिल्यास मोब कार्यक्रमको आयोजना गरेर मनाएका छौँ सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले बतानु भयो।

एफ एच आई ३६० ईपिक नेपाल प्रोजेक्टका प्रदेश संयोजक सुजन न्यौपाने भन्नू भयो, आजको कार्यक्रमले निकै सार्थकता पाएको छ। जसले आगामी दिनमा अझै समन्वय सहकार्यले गरि अगाडि बढ्न समेत पुग्ने छ। जसले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायलाई बाहिर आफ्नो हक अधिकार संग लड्न सहयोग पुग्ने न्यौपानेले बताउनु भयो।

भीमदत्त नगरपालिका वडा नं.१८ का वडाध्यक्ष रबेन्द्र प्रसाद देवकोटाले कञ्चनपुरमा पहिलो पटक यो समुदायले यसरी कार्यक्रम गर्दा निकै उत्साहीत छौँ ,जसमा पालिका र वडा बाट हुने कार्यक्रमका लागि योजना तर्जुमामा सहयोग पुग्ने छ, जसमा निरन्तर समन्वय सहकार्य रहिरहोस् हामिले गर्ने साथ सहयोग निरन्तर रहने वडाध्यक्ष देवकोटाले भने।

विभिन्न संघसंस्थाकाले बोल्दै यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले यस्ता खालका कार्यक्रम गर्दा समाजमा हुने लाच्छेना भेदभाव रहित हुने हुँदा आगामी दिनमा थप यस्ता खालका कार्यक्रम हुन आवश्यक रहेको प्रतिक्रिया दिनुभएको छ।

स्थानीय भीमदत्त नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थितिमा असार २ गते आइतबार र्‍याली अपरान्हको समयमा पुष्पलाल चोक देखि मदन चोक हुदै चम्मन चौराहाबाट फर्कि संविधान चोकमा आएर सम्पन्न भएको हो। नेपालका सातै प्रदेशका विभिन्न जिल्लामा गौरव यात्रा मनाएको छ। विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गरिन्छ ।

किन मनाइन्छ ‘प्राइड परेड’ गौरव यात्रा?

सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक माथि प्रहरीले छापाका नाममा आक्रमण गरी उनीहरु माथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर अंग्रेजी वर्षको जुन महिनामा ‘प्राइड परेड’का नाममा विभिन्न कार्यक्रमहरू गरि मनाइने गरिन्छ ।


ताजा समाचार

spot_img