हिंसाजन्य घटना रोकथामका लागि किसोरीहरुलाई आत्मसुरक्षागर्ने तौर तरिका सिकाईदै


राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : हिंसाजन्य घटना रोकथामका लागि शुक्लाफाँटा नगरपालिकाका किसोरीहरुलाई आत्मसुरक्षा गर्ने तौर तरिका सिकाउने कार्य अगाडी बढाईएको छ । नगरपालिकाको बालबालिका तथा महिला शाखाले विद्यालयमा पढदै गरेका किसोरीहरुका लागि आत्मसुरक्षा सम्बन्धी तालिमको आयोजना गरेको हो । “छनौटमा परेका विद्यालयबाट तीन जनाका दरले गरी १५ विद्यालयबाट ४५ जना किसोरीहरुलाई आत्मसुरक्षा तालिममा सहभागी गराएका छौं” शाखाका प्रमुख कमला जोशीले भन्नुभयो, “तालिममा सहभागीभै आत्मसुरक्षा गर्ने तौर तरिका सिकेका किसोरीहरुले विद्यालयमा गएर अरुलाई सिकाउने छन ।”

भौतिक रुपमा आत्मसुरक्षा गर्ने तौर तरिका संगै बलात्कार, जवरजस्ती करणी, दुव्र्यवहारजन्य घटना न्यूनिकरण गर्नका लागि त्यसको पहिचान गर्ने र जोगिने कुराहरु पनि तालिममा सिकाउने व्यवस्था मिलाईएको शाखा प्रमुख जोशीको भनाई रहेको छ । उहाँका अनुसार तालिममा किसोरीहरुलाई आत्मसुरक्षा बारे भौतिक र सैद्धान्तिक जानकारी दिने कार्य भैरहेको छ । “हिंसा हुन थालेको जानकारी पाउना साथ प्रतिकार गर्ने, प्रतिकार गर्दा गर्दै पनि हिंसा र दुव्र्यवहारका घटना भैहाले कानुनी उपचारका लागि कुन निकायमा सम्पर्क गर्ने, कानुनी प्रावधान के छ त्यस बारे पनि जानकारी दिने कार्य गरिहेका छौं” उहाले भन्नुभयो, “किसोरीहरुलाई शारिरिक र मानसिक रुपमा हिंसाको प्रतिकार गर्न उच्च मनोवल राख्नु पर्छ भन्ने चेतना भर्ने कार्य पनि भैरहेको छ ।” तालिममा सहभागी छात्रा भावना धामीले आत्मसुरक्षा तालिममा सहभागी भएपछि हिंसाजन्य घटनाको प्रतिकार गर्नका लागि आत्मबल बढेको बताउनु भयो । तालिममा गलत नियतले शरिका अंग छुने, हात समात्ने, अंगालो मार्न खोज्ने जस्ता घटनाबाट जोगिनका लागि प्रतिकार गर्ने उपायहरु सिकेको उहाँले उल्लेख गर्नु भयो ।
तालिमको उद्घाटन गर्नु हुदै नगर प्रमुख रण बहादुर महराले गलत प्रवृतिका व्यक्तिहरुबाट सृजना हुने हिंसाजन्य घटना रोकथामका लागि तालिम पाएपछि किसोरीहरु सक्षम हुनेमा विश्वस्त रहेको उहाँले बताउनु भयो ।

लागु औषधको दुव्र्यसनको लतमा फसेका युवाहरुको सङख्या देशमै कैलाली र कञ्चनपुरमा अधिक रहेको चर्चा गर्नु हुदै उहाँले यस्ता युवाहरु यौनजन्य र अन्य प्रकृतिका हिंसाका घटनाहरु गराउने कार्यमा संलग्न रहेको पाइएको बताउनु भयो । “गलत प्रवृतिका युवाहरुबाट किसोरीहरुले जोगिनका लागि आत्मसुरक्षा गर्नु आवश्यक छ” उहाँले भन्नुभयो, “यस तालिमबाट किसोरीहरु आत्मसुरक्षा गर्न सक्षम बन्ने छन ।” “आइलाग्ने माथि जाईलाग्नु पर्छ भन्ने पुरानै भनाई छ” नगर उप प्रमुख कल्पना पन्तले भन्नुभयो, “किसोरीहरुलाई आत्मसुरक्षा गर्ने अधिकार छ, यौनजन्य र अन्य हिंसाजन्य घटना रोकथाममा तालिमले सहयोग पुरयाउ छ, तालिममा सिकेका कुराहरुलाई अन्य किसोरीहरुलाई सिकाएर दक्ष बनाउनु पर्छ ।” नगरपालिकाको कार्यपालिका सदस्य भूमा चन्दले सारोगाह्रो पर्दा आत्मसुरक्षा तालिममा सिकाएका कुराले सहयोग पुरयाउने भएकाल दत्तचित्त भएर सिक्न किसोरीहरुलाई सुझाव दिनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img