कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नं. ११ ले महाकाली नदीको छेउ भुजेला घाटमा विभिन्न संरचना बनाई रहेको छ । शवदाह संस्कारको लागि आउने मलामीहरुको लागि विश्रामको लागि दुईवटा रामेश्वर आर्यघाट विश्राम घर र विभिन्न समयमा पुजा, भजन किर्तनको लागि मन्दिर निर्माण गर्न लागिएको हो । शवदाह संस्कारको लागि आउने मलामीहरु तथा मृत्यकका आफन्तको लागि दिसा, पिसाब गर्न व्यवस्था सहितको रामेश्वर आर्यघाट विश्राम स्थल शौचालय सहितको निर्माण गर्न लागेको हो जसमा मलामीहरुलाई घामपानीमा ओत लाग्न सकिने छ ।

विभिन्न समयमा शव विर्सजन गर्न आउने मलामीहरुले घाम र पानी बाट पाएको दुःख अन्तगर्नको लागि विश्राम स्थलको निर्माण गर्न लागिएको हो । विश्राम स्थल र मन्दिरको निर्माण सँगै स्थानियहरु पनि हर्षित भएका छन् । स्थानीय माधव प्रसाद भट्टका अनुसार ‘निर्माण हुन लागेको संरचनाले कैलाली, कञ्चनपुरका बासिन्दालाई दाहसंस्कारको लागि कैलाली र कञ्चनपुरबाट आउने मलामी र विभिन्न समयमा हुने धार्मिक कार्यक्रममा सहभागी हुन आउने भक्तालु तथा धार्मिक व्यक्तित्वहरुलाई यसले सहज हुने बताए ।’ ‘स्थानीयहरुको मागलाई मध्यनजर गर्दै रामेश्वर आर्यघाट र रामेश्वर शिवलिङ्ग मन्दिर निर्माण गर्न लागेका छौ, स्थानीयहरुको उपभोक्ता समुह बनाई निर्माण कार्य अन्तिम अवस्थामा पुगेको र छिटैंं सञ्चालनमा ल्याउने तयारी भई रेहको छ ।

निर्माण हुन लागेको संरञ्चनाको लागत ३० लाख सहरी विकास मार्फत भीमदत्त नगरपालिका र शहरी संघिय विकास कार्यालय धनगढीले १० लाख गरी ४० लाख बजेट विनियोजन भएको’ भीमदत्त नगरपालिका वडा नं. ११ अध्यक्ष प्रकाश थापाले बताए । वैशाख २३ गते बाट शुरु भएको आर्यघाट र मन्दिर निर्माण असार १५ गते सम्म सपन्न हुने उपभोक्ता समितिका भुपेन्द्र क्षेत्रीले बताए ।







