दोधारा । दोधारा चाँदनी नगरपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि दुई दिने तालिम आज सम्पन्न भएको छ् । निड्स नेपाल र अक्सफम नेपालको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयमा दुई दिने खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्यायले जानकारी दिएका छन् । विपद्को समयमा सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको महत्वका विषयमा छलफल तथा विमर्श गरेर सहभागीकै बिच छलफल समेत गरिएको वडा सदस्य संदिप उपाध्यायले बताए ।

दोधारा चाँदनी नगरपालिकाका सामुदायिक विपद् ब्यवस्थापन समितिका पदाधिकाहरुलाई विपद्को समयमा खानेपानी, सरसफाई र स्वच्छतामा क्षमता विकास गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको बताईएको छ् । विपद्का समयमा गुणस्तरीय खानेपानी कसरी सुनिश्चित गर्न सकिन्छ् भन्ने विषयमा तालिममा सहजीकरण गरिएको थियो । विपद्का बेला सबै भन्दा ठूलो चुनौती सरसफाईकै हुने बताउदै विपद्मा गुणस्तरीय खानेपानी तथा सरसफाईमा ध्यान नदिदा महामारीनै निम्तिन सक्ने जोखिम बढ्ने तालिममा सामुदायिक विपद् ब्यवस्थापन समितिका पदाधिकाहरुलाई बताईएको छ् ।

विपद्को समयमा मात्र नभई व्यक्तिगत जिवनमा समेत गुणस्तरीय खानेपानी र सरसफाईको महत्व बारे सैद्धान्तिक संगै प्रयोगात्मक बोध भएको तालिममा सहभागीहरुले बताएका छन् ।







