बेदकोट ७द्वारा रानाचौधरी समुदायको परम्परागत पोषाक बनाउन तालिम सम्पन्न


कञ्चनपुर, : कञ्चनपुरको बेदकोट नगरपालिका ७ नम्बर वडाले रानाथौधरी थारु समुदायको परम्परागत पोषाक बनाउने तालिम दिएको छ । बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपालीले बेदकोट ७मा बस्दै आएका रानाचौधरी थारु समुदायको परम्परा सरक्षणका लागि पोषाक बनाउन तालिम लिएको बताए । उनका अनुसार १६जेठदेखि शुरु भएको तालिम ३२ जेठमा समापन गरिएको छ ।

नेपालीले कला संस्कृतिको सरक्षण गर्नका लागि थारु समुदायका २० अगुवाहरुलाई तालिम दिएको छ । शुक्रबार एक कार्यक्रमका विच तालिम समापन गरिएको छ । बेदकोट नगरपालिका ७का वडा अध्यक्ष थानेश्वर प्रशाद भट्टको अध्यक्षतामा नगर प्रमुख भोजराज बोहरा प्रमुख अथिति रहेका थिए ।

उपप्रमुख तुलसी जोशी बिशिष्ठ अतिथि रहेका थिए । तालिम पाएका रानाचौधरी थारु समुदायका अगुवाहरुले तालिमबाट थप सिकाई भएको बताउँदै व्यवसायिक रुपमा पोषाक उत्पादन गर्ने बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img