कञ्चनपुर : कृष्णपुर नगरपालिका २ का सात जना महिला स्वास्थ्य स्वयंसेवीकालाई आज साईकल वितरण गरिएको छ ।
वडा कार्यालयको चालु आबको स्वीकृत रु ५० हजार बजेटबाट साईकल खरिद गरी स्वयंसेवीकालाई वितरण गरिएको हो ।
साईकल वितरण गर्दै वडा अध्यक्ष अर्जुन बहादुर साउदले स्वयंसेवीकाहरुले वडामा बासिन्दालाई सेवा दिन जाँदा हिडेरै जानु पर्ने बाध्यतालाई मध्यनजर गरी साईकल वितरण गरिएको बताउनु भयो ।

साईकल वितरण गरिए पछि महिला स्वास्थ्य स्वयंसेवीकालाई सेवा उपलव्ध गराउन सहज हुने उहाँको भनाई रहेको छ । साईकल पाएपछि खुसि हुदै महिला स्वास्थ्य स्वयंसेवीकाहरुले वडा अध्यक्षको सह्राना गरेका छन । सुत्केरी हुने महिलाहरुलाई बर्थिङ सेन्टर सम्म पुरयाउन, टाढा टाढा सम्म स्वास्थ्य सम्बन्धी सेवा दिनका लागि हिडेरै जानु पर्ने बाध्यता सुनाउदै महिला स्वयंसेवीकाहरुले साईकल पाईए पछि सेवा दिन सहज हुन्छ, बोलाएको ठाउमा छिटो पुग्न सकिने भएको बताउनु भयो ।







