गुणस्तरीय शिक्षाका लागि शुक्लाफाँटामा दुई दिने तालिम


झलारी : गुणस्तरीय शिक्षाका लागि शुक्लाफाँटा नगरपालिकामा बिहीवार देखि दुई दिने तालिमको आयोजना गरिएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पिटिए अध्यक्षहरुका लागि दुई दिने तालिमको आयोजना गरेको हो । नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा आयोजना गरिएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा नगर उप प्रमुख कल्पना पन्त, अतिथिमा प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट रहनु भएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महराले शिक्षामा सुधार गर्नका लागि थुप्रै प्रकारका तालिमको आयोजना गरिएको चर्चा गर्नु हुदै तालिमका माध्यमबाट विद्यालयलाई व्यवस्थीत बनाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले विद्यालय सञ्चालनका लागि नयाँ नेतृत्व चयन भैसकेको छ उहाँले भन्नुभयो, विद्यालय व्यवस्थापन गर्ने जिम्मेवारी लिनु भएको छ, अब विद्यालय बन्नेमा आशावादी भएको छु । नगर उप प्रमुख पन्तले नयाँ ढंगले विद्यालय सञ्चालन गरी गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच अभिबृद्धि गर्नका लागि सबैसको साथ र सहयोगको खाँचो रहेको बताउनु भयो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले दुई दिने तालिमबाट विद्यालय व्यवस्थापनको कार्यमा परिवर्तन आउने बताउनु भयो ।

बालमैत्री विद्यालयको अबधारण लागु गर्नका लागि तालिमले सहयोग गर्छनै उहाँले भन्नुभयो, विद्यालय सञ्चालनका लागि आवश्यक नीति नियम बारे विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र पिटिएका पदाधिकारी जानकार हुन्छन । दुई दिने तालिममा लालझाडी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सिद्धराज भट्ट र शुक्लाफाँटा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत सुरेश भट्टले प्रशिक्षण दिई रहनु भएको छ । तालिममा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पिटिए अध्यक्षहरुको सहभागीता रहेको छ ।


ताजा समाचार

spot_img