कृष्णपुरमा चौधरी सांस्कृतिक गहना तथा पोसाक वितरण


प्रकास भट्ट/कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा चौधरी सांस्कृतिक गहना तथा पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ। कृष्णपुर नगरपालिकाको आर्थिक सहयोग र मुक्त कमलरी विकास मञ्च कञ्चनपुर शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा नगरपालिकाभित्रका १५ जना मुक्त कमलरी महिलाहरूलाई चौधरी सांस्कृतिक गहना तथा पोसाक वितरण गरिएको हो। बिहीबार सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्य रहेको थियो भने मुक्त कमलरी विकास मञ्च कञ्चनपुर शाखाका प्रमुख सिता डङ्गौराको सभापतित्व रहेको थियो।

मुक्त कमलरी विकास मञ्च कञ्चनपुर शाखाका प्रमुख सिता डङ्गौराले चौधरी सांस्कृतिक गहना तथा पहिरन लोप भइरहेको अवस्थामा कला संस्कृतिको जगेर्ना गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताइन्। उनले भनिन् ‘संस्कृतिको जगेर्ना गर्न तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेका हौँ।, नयाँ पुस्ताले परम्परागत संस्कृतिलाई लोप हुन नदिइयोस् र निरन्तर अगाडि लैजाओस् भनेर यो कार्यक्रमको आयोजना गरेका हौँ र आगामी दिनमा पनि यस्तै कार्यक्रम निरन्तर गर्ने छौँ।’

कार्यक्रमका बोल्दै नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि हेमराज ओझाले विगतका वर्षहरूमा पनि संस्कृति जोगाउने कार्यक्रमहरू निरन्तर गरिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्न तत्तपर रहने प्रतिवद्धता गरेका छन्। कार्यक्रममा मूक्त कमलरी महिलाहरूलाई १५(१५ जोडी हसुलिया, सुतिया, लेहंगा, चोलिया, मंगिया लगयातका गहना तथा पहिरन वितरण गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img